गोली प्रहार गरी ३२ लाख लुटियो : घाइतेको अवस्था गम्भीर

बैसाख १५ ,मुलुकको शान्ति सुरक्षा प्रभावकारी सुधार भैरहेको दावी भैरहेका बेला पर्यटकीय नगरी पोखरामा सोमबार दिउँसो रकम लुट्न गोली प्रहार भएको छ ।

समाचार अनुसार मेघा सहकारीबाट यती डेभलपमेन्ट बैंकमा जम्मा गर्न रकम लिएर गएका सहकारीका कर्मचारी भगवान् बरालमाथि गोली प्रहार भएको हो । उनको साथमा रहेको ३१ लाख ४२ हजार रुपैयाँ पनि लुटिएको छ ।

पोखराबाट पत्रकार जमुना शर्मा (वर्षा)ले दिएको जानकारी अनुसार कन्चटमा गोली लागी घाइते भएका बरालको अवस्था चिन्ताजनक छ ।

मोटरसाइकलमा आएका तीनजनाको समूहले गोली प्रहार गरेका थिए । घटनापछि प्रहरी व्यापक सक्रिय भएको र गोली प्रहार गर्नेहरुको व्यापक खोजी भैरहेको छ ।

घाइतेको गण्डकी अस्पतालमा प्रारम्भिक उपारपछि मणिपाल अस्पतालमा लगिएको त्यहाँ पनि उपचार असम्भव भएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भैरहेको छ । 

,

news and entertainment