काठमाडौंको कोटेश्वरस्थित तरकारी बजारमा भीषणा आगलागी

काठमाडौ, वैशाख १५ – काठमाडौंको कोटेश्वरमा रहेको तरकारी बजारमा सोमबार बिहान भीषण आगलागी भएको छ । विद्युत सर्ट भएर लागेको आगलागीबाट एक करोड बढी क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
बिहान चारदेखि सुरु भएको आगलागी ६ बजे दमकल र खानेपानीका ट्याङ्करको सहयोगमा प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए ।
१४ वटा अस्थायी घरमा रहेका सबै पसल जलेको प्रहरीले जनाएको छ । यस्तै पसलमा तरकारी, फलफुल, खाद्यान्न र थोक पसलसबै जलेको छ ।

, ,

news and entertainment