येसरी हुदैछ आर्यनको औपचारिक विवाह

काठमाडौं, वैशाख ५ । नेपाली चलचित्र उद्योगका लोकप्रिय नायक आर्यन सिग्देलले भोलि (शनिबार) धुमधामका साथ विवाह गर्ने भएका छन् । करिब ५ महिनाअघि इन्गेजमेन्ट गरेका थिए भने केही महिना अघिमात्रै खुसुक्क ‘कोर्ट म्यारिज’ अदालती विवाह गरेका थिए । परिवारको इच्छा अनुसार शनिबार उनले पारम्पारिक संस्कृतिका हिसाबले विवाह गर्न लागेका हुन् । यद्यपि उनको यो विवाह कार्यक्रम औपचारिकताका लागि मात्रै हुनेछ । भण्डारी एमबिए अध्ययरत् छिन् । उनी आफ्नो परिवारकी कान्छी छोरी हुन्। उनका एक दाजु र दिदी छन् । जोरपाटी नयाँबस्ती निवासी सपनासँग आर्यनको भेट फेसबुकमा भएको थियो । फेसबुकमै सपनाले आर्यनलाई प्रेम प्रस्ताव राखेका थिए । आर्यनले पनि तत्काल स्वीकार गरेपछि उनीहरुबीच भेटघाट र प्रत्यक्ष कुराकानीको क्रम चलेको थियो ।
करिब ४ वर्षसम्म चलेको प्रेम सम्बन्धलाई शनिबार औपचारिक रुपमा विवाहमा परिणत गर्न लागिएको आर्यनको पारिवारिक स्रोतले जनाको छ । प्रेमीका सपना भण्डारीसँग विवाह बन्धनमा बाँधिदै गर्दा आर्यनको पछिल्लो चलचित्र ‘नोभेम्बर रेन’ प्रदर्शनको तयारीमा छ । आगामी १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नोभेम्बर रेन’ को प्रचारप्रसारमा खटिरहेका सिग्देल ४ दिनयता विवाहको तयारीमा जुटेका छन् ।
विवाहको तयारीमा जुटेका आर्यनले प्रदर्शनको मुखमा रहेको चलचित्रलाई कुनै असर नपर्ने बताएका छन् ।
रामचन्द्र सिग्देल र सारदा सिग्देलको जेठो सन्तानका रूपमा रुसुवाको धुन्चेमा आर्यनको जन्मिएका आर्यन अहिले ३० वर्षमा भएका छन् । सिग्देलकी एउटी बहिनी यसोदा न्यौपाने अहिले अष्टे्लियामा छिन। उनको परिवार पछि धुन्चेबाट काठमाडौंको थानकोटमा बसाइ सरेको थियो । आर्यनले दिपेन्द्र पुलिस स्कुलबाट आफ्नो शिक्षा प्रारम्भ गरेका थिए भने एसएलसी चाहि मंगलदोय उच्च मा.वि. बाट पास गरेका थिए । एसएलसीपछि रत्न राज्य क्यापसमा अर्थशास्त्र विषयलाई मुख्य विष बनाई भर्ना भएका सिग्देलले पछि त्यहीँ अभिनयको कक्षा लिन थालेका थिए । अरु शिक्षा त्यहीँ रोकिए पनि अहिले उनी एक चर्चित अभिनेता हुन्। उनी राम्रो र स्वाभाविक अभिनय तथा राम्रो रूपको लागी परिचित छन् । आर्यनले चलचित्र ‘किस्मत’ बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेका नायक हुन् ।
सिग्देलले मौसम, मेरो एउटा साथी छ, हिफाजत, फस्ट लभ, द फल्यास ब्याक, कोही मेरो, बन्दी, कसले चोर्यो मेरो मन, के यो माया हो, सपना, मेरो लभ स्टोरी र आइ एम सरीजस्ता दर्जन बढी चलचित्रहरुमा सफल अभिनय गरिसकेका छन् ।
२०७० असोज ३१ गते बिहीबार इन्गेजमेन्टपछि तस्बिरमा आर्यनको जोडी
परिवारको इच्छा अनुसार शनिबार उनले पारम्पारिक संस्कृतिका हिसाबले विवाह गर्न लागेका हुन् । यद्यपि उनको यो विवाह कार्यक्रम औपचारिकताका लागि मात्रै हुनेछ ।
आर्यनको औपचारिक विवाह भोलि हुँदै

,

news and entertainment