इटालीमा रानी र आदित्यले गरे सुटुक्क बिहे

rani-aaditya-bihe
अन्ततः लामो समयसम्म मिडियामा आइरहेको बिहेको खबरलाई बलिउड नायिका रानी मुखर्जी र निर्माता आदित्य चोपडाले सत्य सावित गरिदिएका छन् । रानी र आदित्यले इटालीमा बिहे गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
रानी र आदित्यले बिहे गरेसँगै यसले व्यापाक चर्चा पनि पाएको छ । उनीहरुले बिहे गरेको र गर्ने खबर लामो समयदेखि मिडियामा चर्चामा थियो । सोमबार यो जोडीले बिबाह गरेको हो ।
आदित्य र रानीले सामान्य तबरले बिहे गरेको बताइन्छ । उनीहरुको बिबाहमा थोरै मात्र आफन्तहरु सहभागी थिए । बलिउड नगरीले पनि रानी र आदित्यको बिबाहलाई पर्खिरहेको थियो । रानीले बिहे गरेको पुष्टी गर्दै सबै फ्यानहरुलाई यो दिन पर्खिरहेकोमा बधाई दिएकी छिन् । उनले बिहेमा आफूले स्वर्गिय यश चोपडालाई मिस गरेको ट्विट गर्दै लेखेकी छिन्’ उहाँको आत्मा त्यही नै थियो । उहाँको आर्शिवाद सधै म र आदीसँग हुनेछ ।’

,

news and entertainment