इजरायलमा कार्यरत एक नेपाली महिला जेल चलान

पश्चिम नेपालको स्याङ्जा स्थाई घर भई वैदेशिक रोजगारीको शिलशिलामा इजरायलको तेलअभिव नजिकै रहेको ओरयहुदामा कार्यरत एक नेपाली चेलीलाई काम गरिरहेको परिवारले कुनै जानकारी विना नै जेल पठाएको पुष्टी भएको छ । विगत ५ वर्षदेखि सोही घरमा कार्यरत शुशिला वोगटी (थापा) नाम गरेकी अन्दाजी ३१ बर्षिय नेपाली महिलालाई  आफ्नो ड्युटीको शिलशिलामा लापर्वाही गरेको भन्दै  उनले काम गर्ने परिवारका सदस्यहरूले   इजरायलीहरुको चाड पेसाख (Passover) को वेला निजको एजेन्सी लगायत कसैलाईलाई थाहा नदिई जेल पठाएका हुन् । आईतवार विहानदेखि उनी सम्पर्क विहिन भएकोले उनको नजिकै काम गर्ने नजिककी मित्र शुभद्रा घिमिरेले  उनको खोजीको लागि  मिडियाकर्मी लगायत नेपाली दुतावाससम्म सम्पर्क गर्नुभएको थियो ।  हामीले पनि  यसै विषयलाई लिएर नेपाली राजदूतावाससम्म खोजिकोलागि पहल गरिदिन अनुरोध गरेका थियौं । “हामीले सक्दो पहल गर्छौं, आझ विदाको दिन परेकोले पुरै सम्भव नभएपनि यथासम्भव कोशिष गर्छौं” – नेपाली राजदूतावास तेलअभिवका काउन्सिलर तथा उपनियोग प्रमुख खड्ग प्रसाद दाहालले नेपाल इजरायल डट नेटसँगको फोन सम्पर्कमा बताउनुभयो । विदाको दिन परेकाले  सोमवार कुनै टुङ्गो नलागेपछी मंगलवार विहान घिमिरेले वितुआख (इन्सोरेन्स), एजेन्सी र परिवारसंग सम्पर्क गरी उहाँको अवस्थाको वारेमा पत्ता लगाई सवन्धित निकायहरूलाई जानकारी गराउनुभएको छ । घिमिरेका अनुसार वोगटी (पिडित)     केही समयअघिदेखि डिप्रेसनमा परी केही फरक स्वभाव  देखिएको थियो । निजको एजेन्सीसँग सम्पर्क गर्दा एजेन्सीले रोजगारदाताकी छोरीलाई उदृत गर्दै वोगटीले पछिल्लो समयमा काममा लापर्वाही गर्ने गरेको, रिसाउने झर्किने जस्ता व्यावहार गरेको आरोप लगाई जेल पठाएको वताएको छ । यद्यपी उनले काम गर्दै आइरहेकी वृद्दा लगायत परिवारबाट समेत उनलाई मानसिक यातना दिइने गरेको थाहा हुन आएको छ । उनले यसै कारण आफूलाई पाउनुपर्ने सम्पूर्ण हिसाव किताव गरेर वादि गरिदिन पटक पटक अनुरोध गर्दै आएको उनका नजिकका साथीहरुबाट थाहा हुन आएको छ । विदेशी कामदारको मानसिक अवस्था नवुझी र सवन्धित निकायहरू कसैलाई पनि जानकारी नगराई एक्कासी जेल चलान गर्नुले हामी सवैलाई मर्माहित वनाएको छ । आइतवार विहान वोगटीले काम गर्दै आइरहेकी वृद्दा नुहाउने क्रममा लडेको पिडित वोगटीले आफ्नो साथीसँग बताएकी थिइन् । त्यसपश्चात बोगटीले आफूलाई अज्ञात स्थलमा लगिएको साथीसँगको छोटो टेलिफोन सम्पर्कमा बताएपश्चात निजको खोजि शुरु गरिएको थियो भने निजको स्या

, ,

news and entertainment