प्रचण्डका साथी चीनमा पक्राउ

१० बैशाख, काठमाडौ । बुद्धको जन्मथलो लुम्बिनीमा तीन बिलियन डलर लगानी गर्ने भन्दै सन् २००९ मा बेइजिङमा खुलेको एसिया प्यासिफिक एक्सचेन्ज एण्ड को अपरेसन नामक संस्था पाताल पुगेको छ । त्यसका हर्ताकर्ता सियोन उनान भष्टाचार आरोप लागेर पक्राउ परेका छन् ।

उक्त संस्थाको उपाध्यक्ष एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड हुन् । सोही हैसियत सुरुमा पूर्व युवराज पारश शाहलाई दिइएको थियो । बेइजिङमा त्यो संस्था गठन हुदा अमेरिकाकै धनी मध्येका रकफेलर र अष्टेलियाकी एउटा साहुनी पनि उपस्थित थिए ।

चीनमा सि जिङपिङले सत्ता सम्हाल्ना साथ भ्रष्टाचारीहरु भकाभक पक्राउ पर्न थालेका हुन् । यस क्रममा नेपाल समेत आइसकेका पार्टीकै आन्तरिक सुरक्षा प्रमुख चौ योङखाङ समेत अघिल्लो महिना देखि नजरबन्दमा छन् । जनआस्था साप्ताहिक 

,

news and entertainment