एमाओवादी चुनाव भट्टराई पक्षले बहिष्कार गर्ने


काठमाडौं, जेष्ठ १० - एमाओवादीको नेतृत्व चयनका लागि भोलि गर्ने भनिएको चुनाव नेता बाबुराम भट्टराई र उनी पक्षीय नेताले बहिष्कार गर्ने भएका छन् । आज बसेको एमाओवादी केन्द्रीय समितिको बैठकले चुनावको कार्यविधि तयार गरेको थियो ।

भट्टराई पक्षीय नेताले भोलि हुने चुनावको औचित्य नभएको भन्दै बहिष्कारको घोषणा गरेका हुन् । एमाओवादीको आजको वैठकले पदाधिकारी, स्थायी समिति, पोलिटव्यूरो चयनका लागि चुनावी विधि अपनाउने निर्णय गरेको थियो ।
Maoist
एमाओवादीले अध्यक्षसहित दुई उपाध्यक्ष, एक महासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहेको पदाधिकारी चयन नेतृत्वबाट गर्ने तयारी गरेको हो ।

भट्टराई पक्षीय केन्द्रीय सदस्यहरुले केन्द्रीय समितिमा एकपक्षीय ढंगबाट सदस्य चुन्ने प्रक्रियामै आफ्नो असहमति रहेको भन्दै निर्वाचन बहिष्कारको घोषणा गरेका हुन् । 'हामी भोट पनि हाल्दैनौं र उम्मेदवारी पनि दिन्नौं',  भट्टराई निकट एक नेताले भने । स्रोतका अनुसार भट्टराईले चुनावमा भाग नलिएर केन्द्रीय सदस्य मात्रै बस्ने धारणा राखेका छन् ।

,

news and entertainment