बस पल्टिदा फोरम लोकतान्त्रिकका ३२ जना घाइते
राजविराज – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुर नपामा सोमवार बस पल्टिँदा ३२ जना घाइते भएका छन् ।
दुर्घटनामा परि घाइते भएकाहरुमध्ये धनगढी नगरपालिका–१६ का बिमला चौधरी, रामप्रसाद चौधरी, सिरिया चौधरी र हरिकृष्ण चौधरी गम्भिर रहेका छन् ।
उनीहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो र नोबेल अस्पताल पठाईएको जनाइएको छ । अन्य घाइतेहरुलाई ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
उनका अनुसार दुर्घटनामा परि घाइते भएकाहरुलाई ईलाका प्रहरी कार्यालय कञ्चनपुर तथा स्थानीयवासीले उद्धार गरि अस्पताल पठाइएको हो ।
ratopati