चितवन पुगेर हमालले भने,'बिहे गरेरै छाडे

Rajeh-Hamal-ANd-Madhu.jpg
चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै राजेश हमाल र हमाल पत्नी मधु भट्टराई । तस्विर: बिमल खतिवडा/ईकान्तिपुर
चितवन, जेष्ठ ११ - शनिवार विवाह गरेका राजेश हमाल आईतवार नवलपरासी आएका छन् । मधु भट्टराईसँग शनिबार बिहे गरेका उनी आज ११ बजे बुद्ध एयरबाट चितवन उत्रिएर नवलपरासीको दुम्कौली गएका हुन् ।
Rajeh-Hamal-ANd-Madhu.jpg
उनले दुम्कौलीमा रहेको मामा घरमा पुजापाठ गरी परम्पराअनुसार मधुलाई भित्र्याएका हुन् । हजुर ामा दुर्गेसरी केसीको मृत्यु भएपछि घरमा पुजारी विश्वनाथ ज्ञवाली बस्दै आएका छन् ।

घर हमालको नाममा भएकाले उनी मधुलाई भित्राउनकै लागि यहाँ आएका हुन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले बिवाह गरेपछि फिल्मी क्षेत्रमा सक्रिय भइरहने बताए ।

उनले ठट्टा गर्दै भने,'सबैले राजेश हमालले बिहे गर्दैन, बुढो भयो मात्र भन्थे, मैले बिहे गर्दैछु भन्दा पनि कसैले पत्याउंदैनन थिए, आखिर बिहे गरेरै छाडे ।'

उनीसंगै रहेकी श्रीमती मधुले राजेश महानायक भएर मात्र आफुले बिहे नगरेको भन्दै राम्रो ब्यक्तित्वकारण बिहे गरेको बताइन् । दुबै दुम्कौलीस्थित घरमा २ घण्टा बसी सवा ३ बजे काठमाडौं फर्किएका छन् ।

,

news and entertainment