अर्को राम्रो पात्र पठाए सरकारबाट फर्कन्छु :वामदेव

काठमाडौं, जेठ १५– उपप्रधान तथा एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारमा प्रभावकारी भूमिकाको लागि एमालेबाट उपयुक्त अर्को पात्र भए पठाउन आफ्ना आलोचक पार्टी केन्द्रीय सदस्यहअरुलाई चुनौती दिएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा सरकारमा पार्टीको भूमिका कमजोर भएकोप्रति केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै गौतमले यो भन्दा गतिलो गर्ने कोही भए पठाउन चुनौती दिएका हुन् । यस्तो अवश्स्थामा आफू खूसीसाथ सरकारबाट फर्कने उनको भनाइ छ ।
महाधिवेशन नजिकिँदै गर्दा अध्यक्षका आकांक्षी बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरु सरकार र संसदीय दलकाने काम प्रभावकारी नभएको मुद्दा उठाएर अध्यक्षका अर्का आकांक्षी केपी शर्मा ओली पक्षधरको आलोचनामा उत्रिएका छन् । महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेज र संविधानसभामा उपनिर्वाचनको तयारीको विषयमा छलफल गर्न बुधबार केन्द्रीय कमिटीको बैठक बसेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

news and entertainment