एक किलो नुनको १५०, ग्यास १०,०००
१५ जेठ, काठमाडौं ।
काठमाडौंमा उपभोग्य वस्तुको मूल्य आकासिइरहेको बेला देशका दुर्गम तथा हिमाली भेगको अवस्था कस्तो होला ?
सडक सुविधाबाट वञ्चित गोर्खाको उत्तरी भेग सामागाउँका बासिन्दा अनुमानसम्म पनि लागउन नसक्ने गरी चर्को मूल्यको जीवन जिउन बाध्य छन् ।
सडक सुविधा पुगेको गोर्खाकै आरुघाट र त्यहाँबाट पाँच दिनको पैदलदुरीमा पर्ने सामागाउँको बजारभाउमा समेत आकाश जमिनकोफरक छ । गोर्खा सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्ने आरुघाटमा २५ रुपैया प्रतिकिलो पर्ने नुन सामागाउँसम्म आइपुग्दा एक सय ५० रुपैया पर्छ ।
सामागाउँका कर्माछेवाङ लामाले पाँच दिन लगाएर आरुघाटबाट खच्चडमा खानेकुरा किनेर ल्याउँदा खरिदको पाँच गुणा बढी रकम ढुवानीमा खर्च गर्नुपरेको बताए । तिब्बतबाट ल्याउँदा सस्तो पथ्र्यो तर हिउँ परेर तिब्बत जान सकिँदैन ।
हिउँ नपरेको अवस्थामा एक दिनको बाटो हिँडेर तिब्बतबाट दैनिक उपभोग्य सामाग्री ल्याउन सजिलो हुने उनीहरु बताउँछन् । आजको नयाँ पत्रिकामा खबर छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

