रमेश खरेलले तितो ओकल्दा प्रहरी संङ्गठनमा महा भुकम्प

काठमाडौं–६ महिनादेखी रिक्त एआइजी पदमा बढुवाको प्रकृया बल्ल अगाडि बढेको बेला नेपाल प्रहरीका एसएसपी रमेश खरेलले एआइजी बन्ने आकांक्षीहरुलाई गम्भिर आरोप लगाएका छन् । 

गृहमन्त्रालयले बढुवा प्रकृया अगाडि बढाइरहेको बेला खरेलले एआइजीका आकांक्षी डिआइजीहरु बढुवाको निर्णयलाई प्रभाव पार्न आर्थिक प्रलोभनको प्रस्ताव बोकेर शक्तिकेन्द्र धाइरहेको आरोप लगाएका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख समेत रहेका एसएसपी खरेलले एआइजीका आकांक्षीहरु पैसाले भरिएर मन्त्री र नेताको घर धाइरहेको दावी गरे ।
हेमा सरिता पाठक एकेडेमीले शनिवार आयोजना गरेको कार्यक्रममा उनले डिआइजी बढुवामा आर्थिक चलखेल भएको दावी गरे पछि संगठनमा उनको आलोचना शुरु भएको छ ।
सात रिक्त एआइजीका लागी १३ जना डिआइजी बढुवा हुने दौडमा छन् । बढुवाको दौडमा रहेकामध्ये केही विवादीत छवीका समेत छन् ।

 स्पष्ट वक्ताका रुपमा परिचित खरेल आफ्नो अभिब्यक्ति र व्यवहारका कारण विवादमा तानिएको यो पहिलो घटना भने हैन । यस अगाडि उनले आफुलाई भेट्न आएका पूर्व एआइजी रमेश श्रेष्ठलाई आफ्नै कार्यकक्षवाट निकालिदिएका थिए । संगठनमा कार्यरतरहँदा श्रेष्ठ पटक–पटक आर्थिक विवादमा तानिएका प्रहरी अधिकारी हुन् ।
शुक्रवार साप्ताहिको अन्र्तवार्तामा खरेलले आफुलाई मनपर्ने नेता भन्दै सुशिल कोइराला, गगन थापा, कमल थापा लगायतको नाम लिएपछि पनि उनी विवादमा तानिएका थिए ।

,

news and entertainment