सिउल कोरियाको अस्पातलमा आगोलागी हुँदा २१ जनाको मृत्यु

सोल, जेठ १४ – दक्षिण कोरियाको राजधानी सोलदेखि करिब ३०० किलोमिटर टाढा रहेको जङ्गसेओङ्गमा रहेको एक अस्पतालमा भएको आगलागीमा कम्तीमा २१ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

उक्त आगलागी सो अस्पतालको एक शैयाबाट सुरु भएको जनाइएको छ । सो आगलागी स्थानीय समयानुसार बुधबार मध्यान्ह १२ः२७ बजे सुरुको भएको थियो । उक्त आगलागी करिब ३० मिनेटमा नियन्त्रणमा लिइएको समाचारमा जनाइएको छ । तर छोटै समयमा पनि निकै ठूलो जनधनको क्षति पुगेको छ ।

आगलागी सुरु भएको अवस्थामा सो अस्पतालमा ३२४ जना बिरामीले उपचार गराईरहेका बताइएको छ । सो अवस्थामा अस्पतालमा ड्युटीमा रहेका १५ जना नर्सपनि रहेका थिए ।

 सो घटनामा दर्जनौं व्यक्ति घाइते भएका र ती मध्ये छ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । सो दुर्घटना सोलको उत्तरपश्चिम सहर गोयाङ्गमा रहेको एक बस बिसौनीमा आगलागी भएर सात व्यक्तिको मृत्यु भएको दुई दिन पछिमात्र भएको छ ।

,

news and entertainment