आमा मलाई माफ गरिदिनुस्, धेरै नसम्झनुस्, म दूर जाँदैछु’
एजेन्सी । ‘मम्मा, आई एम सरी … । मैले यसपटक निकै कोशिश गरें, सायद तपाईंले देख्नु चयो नै । तर, मभित्र त्यो कुरा कहिले आएको थिएन । सबैजना बेकारको आशा गरेर बसेका थिए, मजस्तो मानिससँग । मैलेको कसैको आशा र विश्वास पूरा गर्न सकिन । मा मेरो म्याथ पनि राम्रो छैन । साइन्सको परीक्षा पनि राम्रो भएन । म यति स्ट्रेस्डमा थिएँ कि म्याथको पेपरमा त केही पनि लेख्नै सकिन । म राम्ररी बुझ्छु कि जे म गर्न गइरहेको छु, यो गलत छ । तर, म के गरुँ मा ? सायद तपाईंकी छोरीमा कहिल्यैपनि असफलता सहन सक्ने शक्ति नै छैन । आई एा सरी मा… सक्नुहुन्छ भने मलाई माफ गरिदिनुस्, मलाई धेरै मिस नगर्नुहोला ।’
माथिको पंक्ति भारतको राँचीस्थित डिएवी पब्लिक स्कुलका १७ वर्षीया एक छात्रा श्रेया श्रुतिको पत्र हो, जसन मनुअघि उनले लेखेकी थिइन् । कक्षा १२ को परीषा परिणामा आउने खबर पाएपछि मंगलबार बिहान उनले हतारमा छेटौं तलाबाट हाम्फलेर आत्महत्या गरिन् ।
घटना आदित्यपुरको दिंदली वस्तस्स्थित सिटी प्यालेसका एक ब्लकको हो । यही ब्लकको तेस्रो तल्लामा श्रेया परिवार बस्ने गर्छन् । श्रेयाका पितता ज्ञानेन्द्रकुमार सिन्हा विमा अभिकर्ता हुन्, उनका आमा अनिता श्रीवास्तव शिक्षिकाका साथमा अल इण्डिया रेडियोका आकस्मिक उद्घोषिका पनि हुन् ।
फेल हुने डरमा आत्महत्या, रिजल्ट आयो फस्ट डिभिजनको
डिएवी स्कुल आदित्यपुरका छात्रा श्रेया १२ कक्षामा ६६.८ प्रतिशत अंक ल्याएर प्रथम श्रेणीमा उत्तीर्ण गरे । तर उनको घरमा कुने खुशी छैन किनकी उनले रिजल्ट आउने समयमसम्म आत्महत्या गरिसकेकी थिइन् ।
सुसाइड नोटमा गणित र विज्ञानमा फेल हुने उल्लेख गरेका थिए तर उनले फिजिक्स्मा ६२, केमिेस्ट्रीमा ६० र कम्प्युटर साइन्समा ८४ प्रतिशत अंक ल्याएकी छिन् । गणितमा पाि ३३ नम्बर ल्याएर पास मार्क जुटाएकी छिन् । संवेदनशील मानिस गणितमा कमजोर हुनु कुनै नयाँ कुरा होइन तर उनका दोस्रो पक्ष निकै बलियो हुने गर्छ ।तर उनले आफ्नो बलियो पाटो प्रदर्शन गर्नु अगावै भाइबहिनी र परिवारका सबैलाई कमजोर पारिदिइन् । श्रेयाका आमा लगातार कोकोहोलो गर्दे कहिले सुकसुकाउँछन् त किहले चिच्याउँछन् त कहिले चुपचाप बस्छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

