भारतमा बेचिएकी स्वेता श्रीकृष्णको बाइकमा सरर (फोटो फिचरसहित)
बजारमा प्रेमिकाको रुपमा चर्चा भएपनि नायक श्रीकृष्ण श्रेष्ठले नायिका स्वेता खड्कासँगको आफ्नो सम्बन्धको बिषयमा मुख खोलेका छैनन् ।
नेेपाली सिनेमाका चर्चित नायकको बिहे कहिले हुने हो अझै अत्तोपत्तो छैन । तर उनै नायकले बनाएको चलचित्र ‘कोहिनुर’ भने प्रदर्शनको लागि तयार भएको छ । shree-krishan-and-sweta-piyano-bajaudai shree-krishna-and-sweta-in-bharat
साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमाको छायांकन नेपाल र भारतमा गरिएको छ । भारतमा वेचिएकी एक यूवतीको कथामा ‘कोहिनुर’ तयार भएको छ । आकाश अधिकारीले निर्देशन गरेको यो सिनेमा निर्माणमा कुनै संझौता नगरेको निर्माता तथा नायक श्रीकृष्ण श्रेष्ठ बताउँछन् ।
चलचित्रका केही तस्बिरहरु नायक श्रीकृष्ण श्रेष्ठले अनलाइनखबरलाई उपलब्ध गराएका छन्