मोवाइलबाट बसेको मायाँ कस्तो ?, विवाह गर्छु भन्दै अस्मिता लुटियो
त्यसै योजनाअनुसार नै रिताले आफ्ना बुवा, आमा र आफन्तलाई छाड्दै उसैको विश्वास गर्दै सुर्खेत तर्फ लाग्नुभयो । माइक्रो हाइसबाट सुर्खेत आउनुभएका रिता र उहाँका प्रेमी करिव २ बजेतिर सुर्खेत बसपार्क झरे । प्रेमीले भने, ‘अब ढिला भैसक्यो । बुलबुले उद्यान घुमौँ भोलि विहान देउती बजै गएर विवाह गरौँला ।’
रिताले जन्मदिने आमा बुवालाई छाडेर, उनैसँग जिन्दगी विताउने विश्वासका साथ आएकाले नाई भन्न सक्नुभएन । साँझको पाँच बजेतिर आकाशमा कालो बादल मडारिदैँ थियो । मायामा चुर्लुम्म डुबेकी रिताले मेरो जिन्दगीको सारा खुसी तिमी नै हौँ भन्दै बुलबुले उद्यान तर्फ रमाउनुभयो । करिव २ घण्टाको अवधिमा धेरै कुराहरु भए रात छिप्पिदै थियो, बुलबुले सुनसान हुदैँ गयो । तर रिताले कल्पनासम्म गर्न नसकेको घटना उहाँमाथि नै भयो ।
पटक पटक उहाँले विवाह पश्चात नै सवैकुरा सम्भव छ भन्दा भन्दै पनि अमानविय व्यवहार गरे उहाँका प्रेमीले उनीमाथि । आफ्नो स्वार्थ पुरा भएपछि गणेश कता गए गए ? रिताले केही पत्तो पाउन सक्नुभएन । रिता भने बेहोस हुनुभयो । घटना जेठ ७ गतेको हो । बाँके कोहलपुर नगरपालिका वडा नं. ४ चप्परगौडी निवासी गणेशप्रसाद अधिकारीले रितासँग विवाह गर्छु भन्दै सुर्खेतको बुलबुलेमा उहाँमाथी जवरजस्ती करणी गरे ।
पेशाले चप्परगौडीमा मोवाईल पसल गर्दै आएका गणेशले पटक पटक रितालाई रिझाउन धेरै समय खर्चिए । करिव ६ महिनासम्म फोनकलका आधारमा मायामा फसेकी रिताले बेला बेलामा आउने गणेशका फोनले हैरानै हुनुभयो । उहाँले भन्नुभयो, ‘धैरै फोन आउथ्यो कति फोन त उठाइन, वास्ता नै गरिन् ।’ कक्षा ११ मा पढ्दा देखि नै रितालाई गणेशले मन पराउने गरेका थिए ।
बेला बेलामा भागेर विवाह गर्नुपर्छ भन्दै दबाबसमेत दिएकाले, आफूले नै इन्कार गर्दै आएको रिताले बताउनुभयो । तर जति इन्कार गरेपनि रिताको केही सीप लागेन । अन्तः विवाह नै गर्ने निर्णय लिएँ उहाँले भन्नुभयो, ‘विस्तारै गणेशको मायामा फसेका कारण आज यस्तो भयो । कक्षा १२ को परिक्षा सकिय पश्चात गणेशले नै विवाह गर्ने भनेकै कारण आफू पनि ढुक्क भएँ ।’ तर बनावटी मायाले गर्दा घरको न घाटको बनायो ।
रिताले शारिरीक सम्वन्ध राख्न नमाने पछि गणेशले जवरजस्ति गर्दै बुलबुलेमा मुखमा रुमाल कोचाएर अमानविय व्यवहार गरे रिताले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीमा उल्लेख छ । प्रहरीकाअनुसार रिताबाट शारिरीक सतीत्व लुटेपछि करिव १० मिनेटपछि मात्र उहाँको होस आएको थियो ।
रिताले केही समय पछि दिदीलाई जानकारी गराएर रिता दिदीको घरमा गएको प्रहरी निरिक्षक लक्ष्मणबहादुर शाहीले बताउनुभयो । गणेशले यसका बारेमा कसैलाई भनेको खण्डमा घरपरिवारका सदस्य सहित तँलाई पनि मारिदिन्छु भन्दै धम्की दिएको रिताले फोन मार्फत बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘तेरो र मेरो सम्वन्ध आजै देखि सकियो, यो कुरो कसैलाई नभनेस भन्दै यस्तो घृणित कार्य ग¥यो ।’ रिताले आफूमाथि भएको करणीको बारेमा करिव ६ दिन पछि जिल्ला प्रहरी कार्यालयमा मंगलबार मात्र जाहेरी दिनुभएको छ ।
प्रहरीले मुद्दा दर्ता गरी आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रिता अन्यायमा छिन् तत्काल गणेशलाई पक्राउ गरी आफू न्याय दिलाउनमा कुनै कसूर बाँकी राख्ने छैन् ।’
सुशील खड्का, जागरण भिडियो हेर्न तल क्लिक गर्नुहोस्: