छारी जन्माएको भन्दै यातना दिई श्रीमतीको हत्या गर्ने पक्राउ

विराटनगर,  जेठ १५ । छोरी जन्माएको निहुंमा श्रीमतीको हत्या गरेको अभियोगमा मोरङको हरैंचा–३ का केवल भनेर चिनिने पुर्णबहादुर श्रेष्ठलाई विहिवार प्रहरीले पक्राउ गरेको छ । मानसिक तथा शारिरक चरम यतनापछि २५ वर्षीया श्रीमति रीता श्रेष्ठको हत्या गरेको माइती पक्षको उजुरीको आधारमा श्रेष्ठलाई इलाका प्रहरी कार्यालय वेलवारीले घरवाटै पक्राउ गरेको हो  ।

ज्वाई पूर्णबहादुरले कुटपीट गरेरै छोरी रीताको हत्या गरेको किटानी जाहेरी माइती पक्षका बाबु गोपाल र आमा रत्नमाया श्रेष्ठले प्रहरीमा दिएपछि इलाका प्रहरी कार्यालय बेलवारीले १३ दिनको काजक्रिया सके लगत्तै उनलाई पक्राउ गरेको हो । पक्राउ परेका पूर्णबहादुर इलाका प्रहरी कार्यालय बेलवारीको हिरासतमा  रहेका र हत्याको विषयमा उनिमाथी अनुसन्धान सुरु भइसकेको प्रहरी निरीक्षक दुर्गा प्रसाद दाहालले बताएका छन् ।

दुई छोरी जन्माएपछि श्रीमान् पूर्णबहादुरले बारम्बार मानसिक तथा शारीरिक यातना दिदैं आएकै बखत रीताको जेठ ३ गते मृत्यु भएको थियो । छोराको चाहाना राखेका श्रीमान् पूर्णबहादुर र उनका परिवारले छोरी जन्माएको निहु“मा बारम्बार यातना दिने गरेको र त्यसै विचमा रिताको मृत्यु हुनु स्वभाविक मृत्यु नभई हत्या भएको माइती पक्षले आशंका व्यक्त गर्दै किटानी जाहेरी दिएका थिए ।

मृतक रिताकी आमा रत्नमाया श्रेष्ठले पुर्णबहादुर युवा संघ मोरङको कार्यकर्ता भएकोले राजनीतिक दवावका कारण आफ्नी छोरीको हत्या बारे सत्यतत्य बाहिर नआउने र उनीमाथी कार्वाही नहुने हो की भन्ने चिन्ताले सताएको बताउछिन् । मृत्युको खबर माईती पक्षले ढिलो गरी प्राप्त गरेका थिए । माईती पक्षलाई रिताको पेट दुखेर उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटैमै मृत्यु भएको पूर्णबहादुरले जानकारी गराएका थिए ।

विरामी परेको समेत जानकारी नदिनु र बाटैमा मृत्यु भएको भन्ने खबर ढिलो गरी दिनुले छोरीको मृत्यु नभएर हत्या भएको आशंका माईती पक्षको छ । २०६६ सालमा विवाह गरेकी रिताको तीन वर्षीया र १४ महिनाकी दुई छोरी रहेका छन् ।  त्यसपछि ज्वाँई र सासुले छोरा नपाएको भन्दै याताना दिदैं आएको माइती पक्षको भनाई छ ।
उद्धव घिमिरे , भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

news and entertainment