अनलाइन पोर्नमा डुबिरहनु खतरनाकः अनुसन्धान
एजेन्सी)– पोर्नको नकारात्मक असरका बारेमा जानकार हुँदाहुँदै पनि रोक लगाउन सकिने पोर्नका साइटहरुमा पनि बन्देज लगाउन सकिएको छैन । स्मार्टफोनको वृहत प्रयोग र फोनमा इन्टरनेटको सुविधा हुने भएका कारण विगतका वर्षहरुमा भन्दा अहिले पोर्न साइटको प्रयोग बढ्दो छ । वयस्कहरुमा पोर्न साइटहरुप्रतिको आशक्ति अहिले चिन्ताको विषय बनेको छ ।
हुन त इन्टरनेटको प्रयोग विभिन्न आयु वर्गका मानिसहरुले गर्ने गर्दछन् तर विद्यार्थी र व्यवसायिक क्षेत्रमा लागेका मानिसहरुले यसको प्रयोग अझ बढि गर्ने गर्दछन् । पोर्न साइटको खोजी गर्ने समूहमा पनि यिनिहरु नै अगाडि छन् । अहिले इन्टरनेटको प्रयोगले गर्दा नै पोर्न फिल्महरुको बजार ठूलो भएको छ । पहिले यस्ता फिल्म हेर्न निकै कठिन हुने गर्दथ्यो त्यसकारण वयस्क मानिसहरु त भए नै साना उमेरका केटा–केटी पनि पोर्न फिल्म हेरिरहेका छन् । स्कुल, कलेज, होस्टेलदखि सरकारी–गैर सरकारी कार्यालयहरुसम्म पोर्न फिल्महरु हेरिन्छ । वास्तवमा, पोर्न फिल्महरु अब वयस्कहरुको जीवनशैलीको हिस्सा बनिसकेको छ । यस्ता फिल्महरुको बारेमा वयस्कहरु खुलेर कुरा गर्ने भइसकेका छन् ।
हुन त पोर्न भर्खरै मात्र आएको होइन् । यसको अस्तित्व मानिसको अस्तित्वसँगै जोडिएको छ । फरक यति मात्र हो कि पहिले पार्न कथा–कहानी र चित्रहरुमा हुने गर्दथ्यो भने अहिले यो फिल्मको रुपमा विकसित भएका कारण यसको असर धेरै मानिसहरुमा पर्न गएको हो । हुन त पार्नमा लगभग सबै मानिसहरुको स्वभाविक रुचि हुने गर्दछ तर यसले एक प्रकारको लत पैदा गरिदिन्छ ।
आज संसारभरि यो लतको खतराको बारेमा महसुस गरिएको छ । थुप्रै मनोवैज्ञानिक र मेडिकल वैज्ञानिकहरु पोर्नको लतको दुष्प्रभाव र यसबाट बच्ने उपायहरुको बारेमा अनुसन्धान गरिरहेका छन् ।