सेल्फीस बल्र्ड होइन : स्वार्थी मान्छे हुन ।


राजेन्द्र कार्की
सोनिका लामा शब्दहरुमा स्वर मात्र दिनु हुन्न । शब्द शब्दलाई बुँन्दै सुन्दर गीतको रचना गर्नु हुन्छ । रचनामा मिठो स्वरको पारख खोज्नु हुन्छ अनि सुरीलो स्वर दिनु हुन्छ । बहुप्रतिभाका धनी सोनीका यसै गर्नु हुन्छ । देब्रे हातको नाडीमा “ सेल्फीस वल्र्ड” अंकित ट्याटु बनाउनु भएकी सोनीको अहिले आएर संसार स्वार्थी होइन रहेछ संसारमा रहने मान्छे स्वार्थी हुँदा रहेछन भन्ने लागेको छ रे ।
10357910_482315341898509_423189813_n
यही स्वार्थी मान्छेहरुको भिडमा रहेर पौंठेजोरी खेल्दा खेल्दै दुइ दर्जन जति शब्दहरुलाई जतनका साथ गीतमा सृङ्गार गर्दै संगीत भर्नु भइसकेकी छिन भने त्यति नै संख्यामा स्वर पनि दिइ सक्नु भइसकेको छ । उहाँको शब्द अनि संगीतबद्ध कतिपय गीतहरु मलिना सोताङ्गले समेत स्वारंकन गरिसक्नु भएको छ । काभ्रको भैसेमा जन्मनु भइकी सोनिकाको एसएलसी सम्मको शिक्षा भने सिन्धुलीको सरस्वती उच्च मावीबाट गर्नु भएको हो । हजुर बुवा सोम बहादुर तामाङगबाट प्रेरित भएर सानै देखि मादल, डम्फु बजाउन सिक्नु भएकी उहाँ भने शौकको लागि मात्र गाउन थाल्नु भएको बताउनु हुन्छ ।
10253249_482315141898529_1248772067_n-1
ब्यावसायीकरुपमा गीत संगीतको क्षेत्रमा लाग्न धेरै नै पापड बेल्ने पर्दछ भन्ने अनुभव सुनाउने उहाँले भने तिन वटा गीती एलबम स्रोता सामुु ल्याइसक्नु भएको छ । आधुनिक लोक दोहरी एल्बमहरु बेसहारा, कस्तो यो जवानी र हाल सालै मात्रै “सोनिको जवानी” स्रोता माझ बजारमा ल्याइसक्नु भएको छ ।
भिडियो हेर्न तलको थिच्नुहोस

, , ,

news and entertainment