फेरी मलेसियामा नेपाली माथि सांघातिक आक्रमण
गुल्मी, जेठ १४ – गुल्मीको मुसिकोट घर भई मलेशिामा कार्यरत एक नेपालीलाई मलेशियन गुण्डाहरुले आक्रमण गरी चिन्ता जनक अवस्थामा पुराएका छन् । मुसिकोट ५ , बुढाथोक निवासी शोभाखर विसी माथाी आक्रमण भएको हो । उनको तत्काल उद्धार हुन नसके ज्यानको समेत खतारा भएको बताईएको छ । मलेशियाको सेलाङ्गर राज्य अन्तरगत शाहआलमको सेक्टर २६ स्थित अर्बिक सेकुरेटी कम्पनी प्रा.लिमा कार्यरत विसी विहान करिव ६ वजेतिर डिउटीमा जाने क्रममा धारिलो हतियार बोकेर आएका मलेशियन लुटेरहरले आँखा र टाउकोमा प्रहरा गर्दा उनि घम्भीर घाईते भएका हुन् ।
त्यति वेला त्यहाँ रहेका छिमेकी र घरबाट समेत खर्च मगाएर उपचार गराई बाँचेका विसी यति बेला अस्पतालमा उपचार्थ भर्ना भए आर्थिक अभाव सिर्जना भए पछि विसीले देश विदेशमा रहेका नेपालीहरुसंग सहयोगको अपिल गरेका छन् ।
उनले गुल्मी केयर विश्व संञ्जालमा रहेका मुसिकोट, बडागाउँवासी, पौदीअमराई , वामी र हस्तीचौरका साथीहरु मार्फत उपचार गराई घर फर्कने वातवरण गरी मिलाई दिन अपिल गरेका छन् । चरम गरिवीले मलेशिया रोजगारमा गएका विसी पटक पटक लुटिदा र भौतिक आक्रमणमा पर्दा गएको ऋण समेत तिर्न नसक्ने अवस्थामा रहेको परिवारजन बताउ छन् ।
घाईते विसीलाई मेलिसिया अस्पतालमा भर्ना गरिएको छ । उनको फोन नम्वर गुल्मी केयार विश्व सञ्जाल मार्फत लिएर सहयोग सहानुभुती गर्न सकिने बताईएको छ । मलेशियामा दैनिक जसो नेपालीहरु माथी लुटपात र आक्रमण हुँदै आए पनि त्यहाँ रहेको नेपाली राजदुतावास मुकदर्शक रहँदै आएको गुनासो नेपालीहरुले गर्दै आए पनि नेपाल सरकारबाट सुनुवाई हुन सकेको छैन् । मलोशियामा कार्यरत अधिकांस नेपालीहरु पैसा कमाउने भन्दा पनि कसरी ज्यान बचाएर घर फर्कीने भन्ने त्रासमा रहेका हुन्छन् । त्यहाँ कम्पनीका कतिपय नेपाली लिडर र अन्य नेपाली दलालहरुका कारणले पनि नेपालीहरु असुरक्षित र शोषण–दमनमा पर्दै आएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

