नायिका ऋचा घिमिरे जन्माइन् दोस्रो सन्तान
काठमाण्डौ, १७ जेठ । कलिउडमा अभिनयमा अब्बल मानिएकी नायिका ऋचा घिमिरेले दोस्रो सन्तानको रुपमा फेरी छोरा जन्माएकी छिन । अमेरिकामा बस्दै आएकी अभिनेत्रीले बाल्टिमोरको मेड स्टार फ्रयाङ्कलिन स्क्वायर मेडिकल सेन्टरमा दोस्रो सन्तान जन्माएकी हुन ।
“तुलसी” फिल्मको प्रदर्शनका लागि श्रीमान शंकरका साथ विभिन्न देश घुमिरहेका अमेरिका पुगेकी थिइन ऋचा । “तुलसी” प्रदर्शनमा नेपाल आउने तयारी हुदै गर्दा बच्चाको कारण उनीहरु त्यहाँ अड्किएका थिए ।घिमिरे बच्चा तीन महिना भएपछि नेपाल आउने बुझिएको छ । उनको पहिलो छोरा २३ महिनाको छ ।
ठुलो लगानी लगाएर बनेको फिल्म करिब १ करोड लगानी रहेको फिल्म “ब्रेक फेल”ले असफलता पाएको थियो । आफ्नो होम प्रोडक्सनबाट निर्माण गरिएको उक्त फिल्म फ्लप भएपछि उनीहरुलाई ठुलै झट्का लागेको थियो ।

