हराएको मलेसियन विमान अमेरिकी र थाइ सेनाले गोली

४ जेठ, एजेन्सी ।
गत मार्च ८ देखि वेपत्ता मलेसियाली विमानलाई थाइ र अमेरिकी सेनाले अभ्यासका क्रममा त्रुटीबस गोली हानेर खसालेको सनसनीपूर्ण खुलासा एक पुस्तकले गरेको छ ।

त्रुटीपूर्णरुपमा गरिएको सो आक्रमणका कारण विमान आकाशमै आगो लागेर खसेको दावी गरिएको उक्त पुस्तकमा विमानको खोजीमा पनि थाइ र अमेरिकी जहाजहरु जानाजान गलत दिशामा पठाइएको र गल्ति ढाकछोप गरिएको खतरनाक दावी समेत गरिएको छ ।
पुस्तकका लेखक निगेल क्याथ्रोनले अव विमानमा रहेका यात्रुका आफन्तले विमानमा के भएको थियो भन्ने विषयमा कहिले पनि थाहा नपाउने समेत उल्लेख गरेका छन् ।
उक्त अध्यन पुस्तकले विमानमा ट्रयाकिङ सफ्टवेयर पनि निक्कै कमजोर रहेको दावी गरेको छ ।
विमानसहित आफन्त गुमाएकाहरुले भने पुस्तकको प्रकाशन चाहिने भन्दा छिटो गरिएको भन्दै आलोचना गरेका छन् ।
विमान हराएको ७१ दिन सम्म पनि यसको कुनै पत्तो नलाग्नु र यही समयमा नै पुस्तक प्रकाशित हुनु सह्य नभएको प्रतिक्रिया दिएका छन् ।

 पुस्तकमा अमेरिकी र थाइ सेनाको सम्युक्त अभ्यासमा रहेको टोलीले विमानलाई साउथ चाइना सागरमा गोली हानी खसालेको दावी गरिएको छ ।

साउथ चइना सागरमा कुनै भग्नावशेष फेला नपरोस् भनेर नै विमानलाई फरक दिशामा खोज्न पठाइएको हुन सक्ने उनको दावी छ ।
यसैबीच मलेसियाली प्रधानमन्त्री नाजिव रजाकले विमानमा रियल टाइम ट्रेकिङ अर्थात तत् समयको जानकारी दिने प्रणाली प्रभाकारी बनाउने आह्वान गरेका छन् ।
बुधबार वालस्ट्रीट जर्नलमा प्रकाशित ओपेडमा उनले यस्तो आह्वान गरेका हुन् ।

१२ जना चालक दलका सदस्य र २२७ यात्रु लिएर गत मार्च ८ मा मलेसियाको राजधानी क्वालालम्पुर बाट चीनको राजधानी बेइजिङतर्फ लागेको विमान उडेको केही घण्टा पछि वेपत्ता भएको थियो ।
विमानको विषयमा अहिले सम्म कुनै विवरण प्राप्त हुन सकेको छैन ।

, ,

news and entertainment