सम्पति नपाएको निहुँमा सासुको हत्या !

४ जेठ, बारा । ससुरालीको सम्पति नपाएको निहुँमा बारामा एक युवकले आफ्नै सासुको हत्या गरेका छन् । बारा इनर्वासीरा-२ का बासुदेव चौधरीले जितपुर-२ मा रहेको ससुराली घरमै आइतवार बिहान सासु ६० वर्षीया भंगीयादेवी चौधरीको हत्या गरेका हुन ।
ज्वाइ बासुदेवले भंगीया देवीको टाउँकमा बन्चरोले प्रहार गरेपछि गम्भीर घाइते भएकी उनको उपचारका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल लैजादै गर्दा बोटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायव निरीक्षक अरुण कुशवाहाले जानकारी दिए । ससुरालीमा साला जेठान कोही पनि नभएकोले सबै सम्पत्ति आफूलाई दिन पटक पटक दबाब दिँदै आए पनि सासु भंगीया देवीले नमानेपछि बासुदेवले बन्चरो प्रहार गरी हत्या गरेको स्थानीयवासीलाई उद्रीत गर्दै प्रहरीले जनाएको छ ।
भंगीया देवीले आफनो छोरा नभएपनि चार जना छोरी रहेको र सबै छोरीलाई बराबर हुने गरी सम्पत्ति बाडिदिने भन्दै आएपनि बासुदेवले सबै सम्पति आफुलाई नै दिन दबाब दिएका थिए । सासुको हत्यापछि बासुदेव फरार रहेको र उनको खोजी भइरहेको प्रहरी नायव निरीक्षक कुशवाहाले बताए ।


,

news and entertainment