आफ्नै साथीबाट पीडित छन् कोरियाका नेपाली...
सिउल कोरिया । दणिकोरियामा रहेका नेपालीहरू आफू सँगै बस्ने र काम गर्ने नेपालीबाटै पीडित हुने गरेको मानव अधिकारवादि संस्था (एच आर डि) कोरियाले जनाएको छ ।
Korea -1दैनिक दर्जन बढी नेपालीहरूका यस प्रकारका उजुरि आउने गरेको मानव अधिकारवादि संस्था (एचआरडि ) कोरियाको मुख्य कार्यलय आन्शनले जनाएको हो ।
उक्त कार्यलयका नेपाली प्रतिनिधिले जनाएअनुसार सहकर्मि साथी राति अबेरसम्म मादक पदार्थ सेवनगरि बसिदिने, मध्यराति फोनमा कुरा गर्दा ठुलो स्वरमा गरी सुत्न बाधा पुर्याई दिने, मालिकको नजिक हुन अनावश्यक कुरा लगाई दिने, आफू कोरियाको पुरानो, भाषा रशक्तिमा बलवान छु भन्दै हेप्ने, काम गर्दा रिसले सामान पछार्ने लगायतका उजुरीहरु आउने गरेका छन् ।
आफ्नै साथीका कारणले धेरैले कम्पनी परिवर्तन गर्न बाध्य भएको तथा केही कम्पनी सर्न पाउने अधिकार सकिँदा अवैधानिकसम्म हुने गरेको संस्थाले जनाएको छ । ‘हामीलाई आएका उजुरीहरुमा सकेसम्म दुवै पक्षलाई मिलमिलापको वातावरण बनाई दिएका छौं भने अति नै अन्यायमा परेकाहरुको हकमा प्रशासनको सहयोगमा कानुन बमोजिमको न्याय दिलाउन मद्धत गरेका छौं’ संस्थाका एक अधिकारीले भने ।
