विश्वकपकै सबैभन्दा विवादास्पद फुटबलर सुआरेज

विश्वकपकै सबैभन्दा विवादास्पद फुटबलर सुआरेज
खेल
0
रियो दि जेनेरियो ,१२  असार । उरुग्वेका लुइस सुआरेज विश्व फुटबलकै उत्कृष्ट फरवार्ड हुन् । प्रतिद्वन्द्वीलाई दबाबमा राख्दै गरेका गोलले उनलाई जति लोकप्रिय बनाएको छ, बेलाबेला गर्ने हर्कतले उनलाई उत्तिकै बदनाम पनि । ब्राजिलमा भइरहेको विश्वकपमा इटालीका डिफेन्डर जर्जियो चेलिनीलाई मंगलबार टोकेपछि उनी फेरि विवादमा मुछिएका छन् ।
bite
सुआरेज चोटमुक्त हुँदै फर्केको पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध २-१ को जितमा दुवै गोल गर्दै हिरो भएका थिए । त्यसको ५ दिनपछि नै चेलिनीको बायाँ काँधमा टोकेपछि उनी भिलेनमा परिणत भएका छन् । प्रतिद्वन्द्वी खेलाडीलाई तेस्रोपल्ट टोकेपछि उनी यो विश्वकपकै सबैभन्दा विवादास्पद फुटबलर बनेका छन् । हरेक सञ्चार माध्यमदेखि सोसल मिडियासम्मै उनको खुबै चर्चा भइरहेको छ ।luis_suarez.bite  Giorgio Chiellini
स्टाडियो डास डुनास नाटलमा भएको खेलको ८० औं मिनेटमा बल प्रहार गर्ने प्रयासमा उफ्रँदा सुआरेजले टोकेपछि चेलिनीले रेफ्रीलाई दाँतले बनाएको दाग देखाएर कारबाही माग गरिरहेका थिए । तर, मेक्सिकन रेफ्री मार्को रोडि्रग्वेजले वास्ता गरेनन् । र, तत्कालै रातो कार्ड पाएर बाहिरिनुपर्ने सुआरेजले मैदानमै खेलिरहने अवसर पाए ।uruguay-s-luis-suarez
सुआरेजको टोकाइले बनाएको दागको फोटो मिडियामा सर्वत्र आएका छन् । तर, स्वयं सुआरेजले भने टोकाइ अस्वीकार गरेका छन् । उनले चेलिनी आफ्नो दाँतमा ठोक्किन आइपुग्दा त्यस्तो भएको दाबी गरेका छन् । उनको हर्कत तत्काल रेफ्रीले नदेखे पनि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले त्यो घटनाको अनुसन्धान सुरु गरिसकेको छ ।
luis suarez and  Giorgio Chiellini
दोषी ठहरिए उनी २४ खेल वा २ वर्ष प्रतिबन्धमा पर्न सक्नेछन् । त्यसैले २७ वर्षीय उनको खेलजीवन धरापमा परेको छ । अन्तिम १६ मा कोलम्बियाविरुद्ध शनिबारको खेलअघि नै फिफाको निर्णय आउने अनुमान गरिएको छ । पटक-पटक टोक्ने र त्यस्तै विवादास्पद कार्य गर्दै आएकाले सुआरेजलाई कडा कारबाही हुनुपर्ने धेरैले माग गरेका छन् । उनको इतिहास कोट्याउँदै मनोवैज्ञानिकहरू सुआरेजले फेरि त्यस्तो हर्कत गर्नसक्ने उच्च सम्भावना भएको बताएका छन् ।
Italy Uruguay
पछिल्लो सिजन सर्वाधिक ३१ गोल गर्दै इङलिस पि्रमियर लिगमा लिभरपुललाई उपविजेता बनाएका सुआरेज प्रोफेसनल फुटबलर्स एसोसिएसन र फुटबल राइटर्स एसोसिएसनबाट इंग्ल्यान्डको प्लेयर अफ दि इयर नै घोषित भए । उनले पहिलोपल्ट सन् २०१० नोभेम्बरमा डच क्लब आयक्सबाट खेल्दा पीएसभी आइन्डहोभेनका ओटमर बाकलको काँधमा टोकेका थिए । त्यसबेला ७ खेलको प्रतिबन्ध बेहोरे ।
Giorgio Chiellini
उनी २०१३ अपि्रलमा चेल्सीका डिफेन्डर ब्रानिस्लाभ इभानोभिचको हात टोक्दा १० खेल प्रतिबन्धमा परे । त्यसपछि अनुशासित देखिएका उनले मंगलबार फेरि धैर्य गुमाए । दुईपल्टको विश्वकप विजेता उरुग्वेको इतिहासमै सर्वाधिक ४० गोल गरेका उनको हर्कत टोकाइमै सीमित छैन ।
Luis-Suarez
उनले २०१० जुलाईमा दक्षिण अफ्रिकामा भएको विश्वकपको क्वाटरफाइनलमा घानाका खेलाडीले प्रहार गरेको बल गोल लाइनबाट किपरले जस्तै हातले फर्काएर रातो कार्ड बेहोरेका थिए । उनी २०११ डिसेम्बरमा म्यानचेस्टर युनाइटेडमा प्याटि्रस एभरालाई रंगभेदी दुव्र्यवहार गरेपछि ८ खेलको प्रतिबन्ध र ४० हजार पाउन्ड जरिवानामा परेका थिए ।
स्वारेजलाई कारवाही गर्न प्रमाण पुगेनः विल्मर
उरुग्वे फुटबल संघका प्रमुख विल्मर भाल्डेजले इटालियन रक्षकलाई टोकेको अभियोगमा आफ्ना स्टार स्ट्राइकर लुइस स्वारेजलाई कार्वाही गर्न प्रमाण नपुग्ने दावी गरेका छन्।
हामीलाई फिफाले दिएको भिडियोमा स्वारेजले टोकेको प्रष्ट छैन तर कारवाही गर्न टोकेको प्रष्ट देखिनुपर्छ,’ भाल्डेजले भने, ‘फिफासँग पर्याप्त प्रमाण छैन। हामीले दिएको प्रष्टोक्ति सही छ। उनीमाथि कुनै कारवाही नहुनेमा हामी विश्वस्त छौं।’
स्वारेजको पक्षमा राष्ट्रपति
उरुग्वेका राष्ट्रपति जोसमुजिका आफ्नो देशका विवादास्पद स्टार फुटबलर स्वारेजको रक्षामा उत्रिएका छन्। ‘स्वारेजले कसैलाई टोकेको मैले देखिनँ तर खेलमा एक–अर्कालाई धक्का मुक्का गरेको भने धेरै देखियो,’ उरुग्वेका राष्ट्रपतिले भने।

,

news and entertainment