क्रिस्टियानो रोनाल्डो नयाँ हेयर स्टाइलमा आज मैदानमा देखिने


पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डो फेरि चर्चामा आएका छन् । फुटबलमा उत्कृष्ट प्रर्दशन गरेर वा अन्य खेलाडीलाई टोकेर  उनी चर्चामा आएका होइनन्।
भिन्नभिन्न हेयर कटमा रुचि राख्ने उनले यसपटक पनि नौलो तरिकाले कपाल काटेका छन्।
पहिलो खेलमा सिम्पल हेयर कटमा रहेका उनले दोस्रो खेलमा आफ्नो जर्सी नम्बर ७ लेखेर हेयर कट गरेका थिए। अहिले पछिल्लो समय माथि शिरमा मात्र कपाल राखेका छन् ।  बिहीबार घानासँग हुने खेलमा उनी नयाँ हेयर स्टाइलमा देखिने भएका छन् ।

,

news and entertainment