अभिनेत्री निशा अधिकारी अभिनित पछिल्लो फिल्म ‘मुखौटा’ असफल साबित भयो । यहि फिल्मको प्रचार प्रसार को दौरानमा अभिनेत्री निशाले फिल्म एकदमै राम्रो बनेको भन्दै खोक्रो आश्वासन दिदै दर्शक मुर्गाउने काम गरिन् तर उनको अभिनयको दम पनि आम दर्शकले राम्रै संग बुझ्ने मौका पाए । टेलिभिजन अन्तर्वातामा नै अहिले सम्मकै सबै भन्दा राम्रो फिल्म भन्दै सो फिल्म मा काम गर्ने सबै कलाकारको गुनगान गाउदै फिल्म हेर्न हार गुहार लाएकी थिइन् तर फिल्म रिलिजको पहिलो सो पछी नै दर्शकहरु भड्किएका थिए । उक्त फिल्ममा बेड सिन समेत दिएकी निशाको जवानी पनि यो फिल्ममा बिकेन तर पनि क्रिकेटर शरद भेषवाकरसँगको निकट बारेका समाचार र गसिप भने राम्रै संग बिक्यो । यिनै अभिनेत्री जो पछिल्लो समयमा लजास्पद तरिकाले असफल साबित बनेकी छिन् । फिल्म चल्दा मुख्य कलाकार हिट हुने र नचल्दा फ्लप हुने शैली सबै फिल्मीबजारमा छ । यसै क्रममा अहिले उनले केटाहरुलाई ‘पाकेको मेवा’ संग तुलना गरेकी छिन् । जुन आवारण राम्रो तर भित्र कुहिएको । रियल लाइफमा असफल अभिनेत्रीको सुचिमा रहेकी निशाले यो तुलना भने वास्तविक जीवनमा गरेकी होइनन् । उनले आफ्नो आउदै गरेको फिल्म ‘मेरो भ्यालेन्टाइन’को सम्बादमा यी कुरा ब्यक्त गरेकी हुन् । उक्त संवादमा निशा भन्छिन् ‘सबै केटाहरु पसलमा बेच्न राखिएको पाकेको मेवाजस्तै हुन् जो बाहिर राम्रो त देखिन्छन् तर भित्र कुहिएको ।’ ‘मुखौटा’मा जवानी बिकाउन नसकेकी निशाको यो सम्बादले फिल्म कत्तिको चलाउछिन् भदौ १६ पछीको समयले बताउनेछ ।
अभिनेत्री निशा अधिकारी भन्छिन् केटाहरु पाकेको मेवा जस्तै हुन्
news and entertainment
