नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ: नेपाल
मोरंग, जेठ १८ – नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शिर्षस्थ नेताहरुबिच सहमती भए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने विषयमा आफूले सोच्नसक्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आइतबार बिहान संचारकर्मीहरु सँगको भेटमा नेता नेपालले पार्टीको अध्यक्ष पदमा नयाँ पुस्ताको उम्मेदवारी नपरेकाले आफूले उम्मेदवारी दिएको प्रष्ट पारे ।
उनले सिंगो पार्टीलाई समेटेर लैजानु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै पार्टीको महाधिवेशनमा एउटा विन्दुमा गएर सबै पदका लागि सर्वसम्मतको प्रयास गर्नुपर्नेमा जोड दिए । एक प्रश्नमा नेता नेपालले सबैको चाहना अनुसार पार्टीलाई संगठित बनाएर लैजान आफूले उम्मेदवारी दिएकाले प्रतिस्पर्धाबाट तर्सिनेहरुले आफ्नो उम्मेदवारी असंवैधानिक भन्ने गरेको आरोप लगाए ।
नेता नेपालले सरकारले सोचेअनुसार गती लिन नसकेको उल्ल्ेख गर्दै वर्तमान सरकारप्रती जनतालको ठूलो विश्वास रहेकाले एउटा मापदण्ड बनाएर सरकारलाइ अगाडी बढाउनुपर्ने बताए ।
नरेन्द्र बस्नेत
ratopati भिडियो हेर्न तल क्लिक गर्नुहोस्

