१५ वर्षे विद्यार्थी किशोरसँग प्रेम गर्न २८ वर्षे शिक्षिकाले जागिर छोडिन्

३ भदौ, एजेन्सी ।
अमेरिकाको ओक्लोहामामा एक विद्यालयकी शिक्षिकामाथि १५ वर्षे किशोरसँग यौन सम्बन्ध राखेको आरोप लागेपछि जागिर छोड्नु पर्ने अवस्था आयो । तर जागिर गएपनि ती शिक्षिकाले विद्यार्थीसँगको प्रेम सम्बन्ध तोडन सकिनन् । ती शिक्षिका आफ्नै १५ वर्षे विद्यार्थी किशोरसँग यौन सम्बन्ध राखिरहेको समयमा होटलमा फेला परेकी थिइन् ।
उनले विद्यालयबाट राजिनामा दिएपछि पनि किशोरसँगको सम्बन्ध कायम राखेको प्रहरीले जनाएको छ । स्थानीय समुदायका मानिसहरुले विद्यार्थीसँग शिक्षिकाको गतिविधी संकास्पद लागेपछि पुलिसमा उजुरी गरेका थिए । तर प्रहरीले प्रमाण नभएको भन्दै पक्राउ गर्न सकेन ।
तर गत जनवरीमा पुलिसले मिसिसिपीस्थित एक होटलमा ती शिक्षिकालाई विद्यार्थी किशोरसँग सहवास गरिरहेको अवस्थामा फेला पार्‍यो । र पक्राउ गर्‍यो ।
सेक्सटोन नामकी ती शिक्षिकासँग पटक पटक यौन सम्बन्ध राखेको खुलासा किशोरले गरेपछि भने मुद्धाले नयाँ मोड लिएको छ ।
प्रहरीले उनलाई दोश्रो स्तरको बलात्कार लगायतका मुद्धा चलाएर पक्राउ गरेको छ ।

,

news and entertainment