यातायात विभागका प्रमुखसहित १६ जना अख्तियारको फन्दामा
अख्तियारले सोमबार कम्प्युटर इन्जिनियर हरिश भट्ट, शाखा अधिकृतद्धय बालकुमार खतिवडा र रामेश्वर अयौल, कम्प्युटर अधिकृत राजेश महर्जन, कम्प्युटर अपरेटरहरु संजिब न्यौपाने, दीलिपसिंह धामी, पुष्करचनद्र घिमिरे र राजनबाबु तिमिल्सिना बिरुद्ध मुद्धा दायर गरेको हो ।
त्यस्तै ड्राइभिङ्ग स्कूल संचालक तथा बिचौलियामा काम गरेका रमेश तामाङ्ग, शमशेर बहादुर थिङ, बसन्तकुमार कार्की, प्रभात पाठक, अमरमणि बराल, दधिराम सुबेदी र आङदावा शेर्पाबिरुद्ध मुद्धा दायर गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
