घुस लिँदा लिँदै विमानस्थलका दुई प्रहरी रङ्गे हात पक्राउ

३ भदौ, काठमाडौं । घुस लिँदा लिँदै त्रिभुवन विमानस्थलबाट प्रहरी निरीक्षक राजन थापासहित दुई प्रहरी अधिकृत पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले थापा र असइ विश्वेश्वर आचार्यलाई पक्राउ गरेको हो । थापाको साथबाट ७५ हजार नगद बरामद भएको छ ।
बैदेशिक रोजगारीमा जाने एक सेवाग्राहीसँग रेष्टुरेन्टमा बोलाएर रकम लिएको अवस्थामा उनीहरूलार्इ पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

, ,

news and entertainment