सुवाष नेम्वागंलाई बाबुरामले प्रतिवेदन बुझाए
सहमति भइसकेका र हुन बाँकी रहेका विषयलाई समेटेर सवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले सविधानसभाका सदस्य सुवाष नेम्वागंलाई प्रतिवेदन बुझाएको छ ।
एमाओवादीका नेता डा.बाबुराम भट्टराई सभापति रहेको सो समितिले सहमति र टुंगो नलागेका दुवै विÈयको एकमुष्ट प्रतिवेदन आज सिहदरवारस्थित नेम्वागंको कार्यकक्षमा बुझाएको हो ।
यो प्रतिवेदन भदौ २५ गते बस्ने संविधानसभाको बैठकमा पेस गरिनेछ । २५ गते संसद् बैठक पनि रहेको छ । सो दिन बिहान कार्यव्यवस्था परामर्श समितिको बैठकमा सचिवालयले संविधानसभा बैठकको मिति प्रस्ताव गर्ने बताइएको छ भने सोही दिनको संसद् बैठकमै संविधानसभाको बैठकको मिति पनि तोकिने स्रोतले जनाएको छ । २५ गते बस्ने बैठकमा समितिका सभापति डा.भट्टराई प्रतिवेदन पेस गरिनेछ ।
प्रतिवेदन बुझाइ सकेपछि सञ्चारकर्मीस“ग कुरा गर्दै सविधान निर्माणका लागि सहमतिका धेरै नजिक पुगिसकेको तर समयले नभ्याएर अधुरो प्रतिवेदन बुझाउनु परेको बताए । उनले असहमतिको विषयमा टुगों लगाउन पुनः आफ्नो समितिलाई नै जिम्मेवारी दिने कुरामा आफू विश्वस्त रहेको बताए ।
प्रतिवेदन बुझेपछि अध्यÔ नम्वाङले संविधानसभा नियमावली र कार्यतालिका बमोजिम अब यो प्रतिवेदनलाई अगाडि बढाइने बताउ“दै यो प्रतिवेदनमाथि संविधानसभामा छलफल हुने बताए । समितिले छलफल गरी सहमति गरिसकेका विषयलाई मस्यौदा समितिमा पठाउ“ने बताउ“दै उनले असहमतिका विषयलाई पुनः छलफल गरी नियमावली अनुसार टुग्यांउन सभाले असहमतिका विÈयलाई पुन संवाद समितिमा पनि पठाउन सकिने बताए ।
