स्थायी बन्ध्याकरण गर्ने पुरष महिलाहरुको तुलनामा घटे



 झापामा महिलाहरुको तुलनामा पुरुषहरुले स्थायी बन्ध्याकरण गराउने सख्ंया घट्दै गएको पाइएको छ । नेपाल परिवार नियोजन सघं झापा शाखा र मेरी स्टोप्स सेन्टर बिर्तामोडले सार्वजनिक गरेको तथ्यांकले बाषर््िाक रुपमा अस्थायी साधन प्रयोग गर्ने सेवाग्राही बढेका छन् ।
मेरी स्टोप्स सेन्टरको सन् २०१४ को तथ्याकं अनुसार जनवरी देखि जुनसम्मको ६ महिनाको अवधिमा ५ सय १२ महिलाहरुले स्थायी बन्ध्याकरण गरेका थिए । त्यहीँ बध्याकरण गर्ने पुरुषको संख्या ४ जना मात्र रहेको छ । सोही अवधिमा नेपाल परिवार नियोजन संघ झापाबाट ६ महिनामा ४ सय ७१ महिला र १२ पुरुषले स्थायी बन्ध्याकरण गराएका छन् ।
मेरी स्टोप्स सेन्टर बिर्तामोडका प्रमुख यज्ञराज प्रसाईका अनुसार महिलाहरुले प्रायः अस्थायी बन्ध्याकरणका साधन कपर टी र इन्प्लान्टको प्रयोग गर्ने गरेको र भविष्यमा पुनः सन्तान चाहनाको इच्छा हुँदा स्थायी बन्ध्याकरण गर्न उपभोक्ता अनिच्छुक हुन सक्छन् ।
नेपाल परिवार सघं झापाको तथ्यांकमा अस्थायी साधन प्रयोगकर्तामा कण्डम १७३४ जना, महिला कण्डम २ जना, पिल्स चक्की २७३३ जना,डिपो २८५२, आई यु सिडी ५६ जना, ईन्प्लान्ट ६२७ महिलाले सेवा लिएका छन् । अस्थायी साधनमा भरपर्ने भएकाले स्थायी बन्ध्याकरण गराउने सख्ंया कमी भएको परिवार नियोजन सघंका प्रमुख चन्द्रमणि पौडेल बताउँछन् ।
मोरंग सहकारी अस्पताल विराटनगरमा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ तथा भ्याक्सोटोमी डाक्टर बालकृष्ण शाहका अनुसार पुरुषहरुले बढी काम गर्नु पर्ने र पछि गाह्रो हुन सक्ने गलत सोचाईले गर्दा महिलाहरु आफै अघि सर्ने र महिलाहरुको सिजर गर्ने बेलामा बाध्ने काम महिलाहरुको इच्छामा बढी हुने गरेको बताउँछन् ।


,

news and entertainment