‘हमजाएगा’ को नयाँ गीतमा बाबु र ऋचाको मस्ती
काठमाडौं, मुनाल फिल्म्स प्रा.लि. को प्रस्तुतीमा कमेडी धारमा निर्माण भएको नयाँ चलचित्र ‘हमजाएगा’ को नयाँ गीत सार्वजनिक भएको छ । अहिले सार्वजनिक गरिएको गीतलाइ दिपक लिम्बु र रजिना रिमालले स्वर दिएका छन ।
यो गीतलाइ सुरेन्द्र पुनले रचना गरेका हुन भने यस गीतमा उनी स्वयंलेनै संगीत समेत भरेका छन । सार्वजनिक गरिएको गीतमा बाबु बोगटी र नायिका ऋचा धितालको अभिनय रहेको छ ।
यस चलचित्रका लेखन तथा निर्देशन सुरेन्द्र पुनले गरेका छन । यस चलचित्रमा बाबु बोगटी, ऋचा धिताल, विल्सनविक्रम राई, पार्वती राई, मनोज आरसी, प्रज्ज्वल गिरी, रवि गिरी, रामचन्द्र अधिकारी, रेशम फिरिरी लगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन ।
यस चलचित्रलाइ टंक गुरुङ, सूर्य ल्वोन, ओमकुमारी पुन र सरस्वती लामाले संयुक्त निर्माण गरेका हुन भने योगेन्द्र श्रेष्ठले द्वन्द्व निर्देशन गरेका छन । चलचित्रमा कमल राईको कोरियोग्राफी र बाबु श्रेष्ठको छायांकन रहेको छ ।
यस चलचित्रको गीत हेर्नुहोस ।
