अपराधमा सबैभन्दा खतरामा फेसबुक युजर
दिनेश बास्तोला, न्यूयोर्क, फेसबुकको दैनिक उपयोग गर्ने मानिसहरू अपराधिहरूले सोशियल मिडिया फिशिङ हमलाका हिसाबले निकै संवेदनशील बन्ने गर्दछन । हालै एक अध्ययनकर्ताले आफ्नो अध्ययनका क्रममा यो तथ्य पत्ता लगाएका छन ।
ती अनुसन्धानकर्ताले बताए अनसार यस्तो सम्भावना यस कारणले हुने गर्दछ कि प्रयोगकर्ताले उनीहरूलाइ प्राप्त हुने फ्रेन्ड रिक्वेस्ट तुरून्तै स्वीकार गर्ने गर्दछन र यस कुरामा ध्यान दिँदैनन कि उक्त रिक्वेस्ट पठाउनेसंग कसरि जोडिएका छन, उसलाइ कहिले देखि चिन्दछन र उसका साथमा को को जोडिएका छन ।
दैनिक फेसबुक चलाउनेहरूका साथमा धेरै फ्रेन्ड कनेक्शन हुनु, प्रयोगकर्ताको आफ्नो सोशियल मिडियाको उपयोगमाथि नजार राख्ने असक्षमता जस्ता पक्षहरू यसमा जोडिएका छन ।
यूनिभर्सिटी ऐट बफलो का संचार विभागसंग सम्बन्धित अध्ययनकर्ता डा. अरूण विश्वनाथका अनुसार, सोशियल मिडिया फिशिङ साइबर अपराधिहरूको निकै मनपर्ने माध्ययम हो र यस मार्फत घरमा पस्नेदेखि लिएर, साइबर बुलिङ, मानिस तथा संगठनहरूको गैरकानूनी जासूसी समेत रहेका छन ।
उनले बताए अनुसार गलत मानिसहरू फ्रेन्ड रिक्वेस्ट स्विकार गर्नका लागी फसाउँदछन र त्यसपछि उसका गोपनीय जानकारीहरू जुटाउँदछन । यसैले संगठनात्मक सुरक्षा र राष्ट्रीय सुरक्षाको हिसाबले पनि यो कुरा बुझ्नु आवश्यक छ कि मानिसहरू कसरी सोशियल मिडिया फिशिङ अपराधहरूको शिकार हुने गर्दछन ।
यो अध्ययन जनरल अफ कम्प्यूटर-मेडियेटेड कम्युनिकेशनमा प्रकाशित गरिएको छ ।
