‘लभ नम्बर’लाई पर सारियो


 यसअघि ‘सायद’ र ‘होस्टेल’जस्ता हिट फिल्म निर्माण गरेको दुर्गिश फिल्मसले तेस्रो प्रोजेक्ट ‘होस्टेल रिटर्न्स’ निर्माणको घोषणा गरेको छ । टिनएजर्स् ड्रामा जनरामा बन्ने फिल्मको छायांकन असोज २१ देखि सुरु हुने भएको छ । सुनिल रावल निर्माता रहेको सिनेमालाई सुरज भुषालले निर्देशन गर्दैछन् । यसअघि म्युट ड्रामा ‘मौन’बाट चर्चा बटुलेका भुषालले सन्तोष लम्सालसँग मिलेर पटकथा लेखेका हुन् ।फिल्मको छायांकन बुटवलमा गरिनेछ भने फिल्मका सबै कलाकार फाइनल छन् । यो फिल्ममा होस्टेलका पात्रको भने अभिनय रहने छैन । ‘होस्टेल रिटर्न्स’मा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का लगायतका कलाकारले अभिनय गर्ने भएका छन् । होस्टेलको जीवनशैली, मित्रता र प्रेमको कथा पेश गर्ने फिल्ममा रक ब्याण्ड स्याडोज ब्यान्डका गायक स्वप्नील शर्माको संगीत हुनेछ । चन्द्र पन्तको एक्सन हुने फिल्मको अहिले धमाधम कार्यशाला भैरहेको छ । दुर्गिश फिल्मसले यसअघि निर्माणको घोषणा गरेको सिनेमा ‘लभ नम्बर’को सुटिङ भने पोस्टपोन्ड गरिएको छ । आउँदो जेठ तथा असारमा सुटिङ हुने लभ नम्बर दुर्गिश फिल्मसको चौंथो प्रोजेक्ट हो ।

,

news and entertainment