
भनिन्छ, मान्छेको जिब्रोमा हाड हुँदैन, हाड नभएको जिब्रो बेलाबेला चिप्लिन्छ । यस्तै भएको छ कांग्रेसका नेता रामचन्द्र पोखरेललाई । जिब्रो चिप्लिँदा उनको एक सार्वजनिक कार्यक्रममा निकै लज्जित बन्नुपरेको छ ।
सन्दर्भ हो बिपि ट्रष्टद्वारा राजधानीमा आयोजित कार्यक्रमको । कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइराला लगायत सभासद् तथा कांग्रेस नेताहरु उपस्थित थिए । कार्यक्रममा आफ्नो मन्तत्व राख्ने क्रममा पोखरेलले झुक्किएर स्वर्गीय सुशील कोइराला भन्न पुगेका थिए । त्यो भन्ने बित्तिकै हल हाँसोले जुन्जिएको थियो । मञ्चमा बसेका प्रधानमन्त्री कोइराला पनि एक छिन अक्क नबक्क बने र यता उति पालकपुलुक हेरे ।
पछि रामचन्द्रले माफी माग्दै आफूले विपि पत्नी सुशीला कोइराला भन्न खोजेको भन्दै स्पष्टिकरण दिएका थिए ।
रामचन्द्र पोखरेल हुन पर्नेमा पौडेल भएकोमा क्षमाप्रार्थी छौं
सुशील कोइरालालाई ‘स्वर्गीय’ भनेपछि…
news and entertainment
