युरो कप छनोट खेलमा जर्मनीले स्कटल्याण्डलाई हरायो,



 युरो कप छनोट खेलमा जर्मनीले स्कटल्याण्डलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा विश्वकप विजेता जर्मनीले स्कटल्याण्डविरुद्ध २–१ को जित निकालेको हो ।
घरेलु मैदान डर्टमुण्डमा जर्मनीका लागि दुई गोल गरेका थोमस मुलर नायक मात्र भएनन, खेलको अन्यमा कुरुप खेल समेत देखाए ।
जर्मनीले १८ औं मिनेटमा मुलरको गोलबाट अग्रता लिएको थियो । जर्मनी हावी भएको खेलमा स्कटल्याण्डले पहिलो हाफमा गोल फर्काउन सकेन ।
तर, ६६ औं मिनेटमा केची अन्याले स्कटल्याण्डका लागि बराबरी गोल गरे । कमजोर डिफेन्सको फाइदा उठाउँदै मुलरले ७० औं मिनेटमा क्लोज रेन्जबाट गोल गरे ।
खेलको अन्त्यतिर स्कटल्याण्डका चार्ली मूलग्रेवले दोहोरो पहँलो कार्डका कारण मैदान छाडे ।

खेलको अन्त्यतिर मुलरले कुरुप खेल देखाए । जर्मनीको जित सुनिश्चित गर्न उनले शान मलेनलाई तानेर लडाए ।
बल अघि बढाइरहेका मलेनलाई रोक्न मुलरले पछाडीबाट दुबै हातले तानेको कुनै कबड्डीमा विपक्षीलाई तानेको भन्दा कम थिएन । तर, रेफ्रीले मुरललाई पहेँलो कार्ड मात्र दिएकोमा स्कटल्याण्डका समर्थक असन्तुष्ट थिए ।
www.onlinekhabar.com

,

news and entertainment