उपराष्ट्रपती सामु अभिनेत्री सुमिना घिमिरेले देखाइन् जवानी ।
शनिबार प्रज्ञा भवन कमलादीमा भएको चलचित्र कलाकार संघको १३ साधारण सभा तथा सम्मान-पुरस्कार वितरण समारोह निकै बिशिस्ट थियो । सम्माननीय उपराष्ट्रपती परमानन्द झाको प्रमुख आतिथ्यता र नेपाल सरकारका मुख्य सचिब लिलामणि पौडेलको बिशिस्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा गन्ने मन्ने चलचित्रकर्मीको समेत सहभागीता थियो ।सह कोषाध्यक्ष अभिनेत्री निशा अधिकारीले संचालन गरेको कार्यक्रममा संघका कार्य समिति पदाधिकारी मात्र नभएर अतिथि समेत औपचारिक पोशाकमा आएका थिए । आफु आयोजक भएको कार्यक्रममा संघकी सदस्य सुमिना घिमिरे भने जवानी देखाउदै वान पिसमा सहभागी थिइन् । यसरि राष्ट्रकै बिशिस्ट व्यक्तित्वको सहभागीता रहेको कार्यक्रममा त्यस किसिमले प्रस्तुत हुनु कत्तिको जायज हो सुमिनालाई नै थाहा होला । यस बिषयमा सुमिना संग जिज्ञासा राख्दा आफुलाई पोशाक सम्बन्धि कुनै जानकारी नभएकाले वान पिसमा गएको बताइन् । कार्य समिति सदस्य आफैले बैठक बाट पारित गरेका कुरा थाहा छैन भन्नु लाजस्पद कुरा हो । पोशाकको बारे जानकारी नभए पनि आफ्नो कार्यक्रममा सम्माननीय उपराष्ट्रपती सहभागी हुने थाहा हुदा औपचारिक पोशाकमा जानु पर्छ भन्ने कुराको ज्ञान नहुनुले आम अभिनेत्रीको बौदीकतामा प्रश्न चिन्ह खडा गरेको छ । त्यसै गरी आफुलाई निकै स्मार्ट सम्झने अभिनेत्री निशा अधिकारी पनि कार्यक्रम संचालन गर्ने क्रममा चुकेकी छिन् । उनले सम्माननीय उपराष्ट्रपतीलाई पटक पटक ‘२ शब्द’को मन्तब राख्न अनुरोध गरेकी थिइन् । कुनै पनि कार्यक्रममा सार्बजनिक रुपमै प्रमुख अतिथिलाई शब्द र समयको परिबन्ध लगाउने गरिएको छैन । सामान्य बिषयको समेत ज्ञान नहुदा नेपाली अभिनेत्री आलोचित हुने गरेका छन् ।
