६ दिनमै बिके ५१ करोडका खसीबोका
दशैंको ६ दिनमा व्यावसायी र खाद्य संस्थानमार्फत् मात्रै ५१ करोडका खसीबोका बिकेका छन् । संस्थान र चौपाया व्यावसायी संघ कलंकीको तथ्यांक अनुसार करिब ६ दिनमै करिब ४२ हजार ५ सय खसीबोका बिक्री भएको हो । तथ्यांक अनुसार कलंकीबाट मात्रै ५० करोड ४० हजार रुपैयाँको खसीबोकाको कारोबार भएको संघका अध्यक्ष दिपक थापाले बताए । यस्तै खाद्य संस्थानले दशैंमा ३ हजार ४ सय खसीबोका बिक्री गर्ने तयारी गरेपनि करिब ६० लाखको खसीबोका विक्री गरेको छ । थापाका अनुसार खसीबोका मुख्यतः बर्दिया, सल्यान, सुर्खेत, कोहलपुर, कटारी, गाईघाट, रामेछाप, नुवाकोट लगायतका ठाउँबाट राजधानी भित्रिन्छ । यसपटको दशैमा खसीबोकाको माग पुरा गर्न भारतबाट मात्रै २५ हजार खसीबोका आयात गरिएको थियो । यो दशैंमा १० हजार केजीसम्म माछा पनि बिक्री भएको माछामासु व्यवसायी संघले बताएको छ । आजको कान्तिपुरमा समाचार छ ।

