जापानमा भिषण वर्षासँगै आँधी, जनजीवन प्रभावित
जापानको राजधानी टोकियो नजिकका क्षेत्रमा भिषण वर्षासँगै आएको आँधी हुरीले जनजीवन प्रभावित भएको छ ।
तुफानमा परि एक जना अमेरीकी नागरिकलाई समुन्द्रले वगाएको छ । समुन्द्र किनारामा फोटो खिच्न लाग्दा आएको आँधीका कारण उनको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।
आँधीका कारण जापानका दूई ठूला बिमान कम्पनीले आफ्ना हवाई सेवा समेत वन्द गरेका छन् ।
१८० किलोमिटर प्रति घण्टा वेगका साथ आएको तुफानका कारण गत हप्ता ज्वालामुखी बिष्फोटमा परेकाहरुको खोजी तथा उद्धार कार्य समेत प्रभाबित भएको छ ।
जापानको मौसम विज्ञान विभागका अनुसार हरेक वर्ष करिब ११ शक्तिशाली आँधी आउने गरेको छ । पनफोन नामक आँधीमा परी विस्थापित हुनेको संख्या निक्कै बढ्ने अनुमान गरिएको छ ।
जापानको मौसम विज्ञान विभागले यो आँधीलाई खतरनाक आँधीका रुपमा लिएको र सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ । हममस्युको केन्द्रीय भागमा आँधीका कारण ठूलो पहिरो गएको छ ।
टोकियोको दक्षिण कानाग्वा प्रान्तको समुद्र किनारामा आँधीका कारण एक विद्यार्थी समेत हराएका छन् । आँधीमा परी कम्तीमा १० व्यक्ति घाइते भएको र ९ हजार ५ सय घरहरुमा क्षती पुगेको बताइएको छ ।
जापानको दक्षिण पश्चिम तटमा प्रतिघण्टा २० किलोमिटरका दरले आँधी बढिरहेको छ । आँधी सोमबार साँझसम्म टोकियो पुग्ने अनुमान गरिएको छ ।

