भुटानी शरणार्थी शिविरबाट हतियारसहित एक पक्राउ



मोरङको पथरीस्थित भुटानी शरणार्थी शिविरबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । अवैध रुपमा हतियार राखेको सूचनाका आधारमा गएराती छापा मार्दा प्रहरीले मेड इन इटाली लेखिएको स्वचालित पेस्तोल एक थान र त्यसमा लाग्ने म्यागजिन बरामद गरेको हो । हतियार राख्ने ३० वर्षीय आइतराज राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

,

news and entertainment