मादक पदार्थ सेवन गरी श्रीमतीमाथि खुकुरी प्रहार



सिन्धुपाल्चोक जिल्लाको महाँकाल गाविस–२ बस्ने वर्ष ३० की केशाङ तामाङलाई आफ्नै श्रीमान् मङ्गल तामाङले खुकुरी प्रहारी गरी गम्भीर घाइते बनाएका छन् ।

आफ्नै घरमा बसिरहेको अवस्थामा खुकुरी प्रहार गरी घाइते भएकी केशाङलाई उपचारका लागि मेलम्ची क्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि काठमाडौँ जोरपाटीस्थित शङ्खरापुर अस्पताल लगिएको छ ।

मादक पदार्थ सेवन गरी खुकुरी प्रहार गर्ने मङ्लेलाई इलाका प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए ।रासस

,

news and entertainment