सिके राउतलाई जन्म कैदको माग गर्दै अर्को रिट दायर
विखण्डनकारी अभिव्यक्ति दिएको भन्दै राउतलाई भदौ २९ गते विराटनगरबाट समातिएको थियो । सर्वोच्चले राउतलाई सशरीर उपस्थित गराउन आदेश सरकारलाई निर्देशन दिएपछि उनलाई काठमाडौमा ल्याइएको थियो ।
सोही क्रममा उनीमाथि राष्ट्रद्रोहको मुद्दा दायर भयो । विशेष अदालतमा मुद्दा विचाराधिन रहेको र राउतको बारेमा थप अनुसन्धान गर्नुपर्ने भन्दै पटक पटक म्याद थपिएको थियो । र, आज उनीमाथि राज्य विपल्वकै मुद्दा लगाएको छ । यो मुद्दापछि राउतको छुट्ने सम्भावना कम भएको छ ।

