बलिउडका लोकप्रिय अभिनेता अमीर खान नेपाल आउने
बलिउडका लोकप्रिय अभिनेता अमिर खान नेपाल आउने भएका छन् | बालबालिकाको संरक्षणको क्षेत्रमा सहयोग पुर्याउँदै आएको अन्तराष्ट्रिय गैर सरकारी संस्था युनिसेफ ले सन्चालन गरेको पोषण सम्बन्धि परियोजना अवलोकन गर्न सदभावना राजदुतको हैसियतले अभिनेता खान नेपाल आउन लागेका हुन् | अमीर दक्षिण एशियामा सन्चालन भैरहेका धेरै सामाजिक विकासका कार्यक्रमहरुमा प्रत्यक्ष सहभागी हुँदै आएका छन् | अमीरको नेपाल भ्रमणबारे प्रचार गरिएको छैन |

