शुक्रबार दिउँसो नाबालिकामाथि बलात्कृत


  रौतहटस्थित एक दलित नाबालिका बलात्कारको शिकार भएकी छिन । जिल्लाको मध्यभाग पिप्रापोखरिया गाविस–८ स्थित मुशहर थरकी एक १० बर्षिया नाबालिका बलात्कृत भएकी हुन् । गत १७ गते शुक्रबार दिउँसो पिप्रापोखरिया गाविस डुमरियाटोल नजिकैको उखुघारीमा घाँस लिन गएकी नाबालिकालाइ सोही गाबिस–८ का ४५ बर्षिय शिवशंकर यादवले बलात्कार गरेको पिडित परिवारले जनाएको छ ।
पिडित परिवारले आइतबार साँझ इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिएपछि घटना बाहिर आएको हो । बलात्कारका अभियुक्त घटना लगतै फरार भएका छन् ।
पिडित नाबालिकालाई स्वास्थ्य परिक्षणको लागी जिल्ला अस्पताल गौर पठाइएको प्रहरी निरिक्षक प्रतित सिंह राठौरले बताएका छन् । अभियुक्त यादवको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । यसैबिच प्रहरीले आरोपी यादवको खोजी गर्दै गए राती पिप्रापोखरिया–८ स्थित उसको घरमा छापा मारेको थियो । तर, स्थानियले आरोपी घटना लगतै फरार भएको प्रहरीलाइ जानकारी गराएपछि टोली फर्केका थिए ।

,

news and entertainment