रियलको जीतमा रोनाल्डोको रेकर्ड ह्याट्रिक



 पर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको रेकर्ड ह्याट्रिकको मद्दतले रियल म्याड्रिडले एथ्लेटिक बिल्बाओलाई पराजित गरेको छ ।

आइतबार राती स्पेनिस ला लिगा अन्तरगत भएको खेलमा रियलले बिल्बाओलाई ५–० गोल अन्तरले हराएको हो ।

रियलको जितमा रोनाल्डोले तीन तथा करिम बेन्जेमाले दुई गोल गरेका थिए ।

यो सिजन रोनाल्डोको यो तेस्रो ह्याट्रिक हो । यसअघि रोनाल्डोले इल्चे र डिर्पोटिभो लाकुरानाविरुद्ध ह्याट्रिक गरेका थिए ।

यो ह्याट्रिकसँगै उनी लिगमा सर्वाधिक ह्याट्रिक गर्ने रेकर्डलाई बराबरी गरेका छन् । रोनाल्डोको लिगमा यो २२ औं ह्याट्रिक हो । उनीसँगै सर्वाधिक ह्याट्रिक गर्नेमा अल्फ्रेडो डि स्टेफानो र टेल्मो जारा रहेका छन् ।

वर्ष खेलाडी रोनाल्डोको यो सिजन व्यक्तिगत १३ औं लिग गोल हो र सबै प्रतियोगितामा १७ औं गोल हो ।

एथ्लेटिको म्याड्रिडसँग पराजित भएपछि रियलको यो लगातार छैटौं जित हो ।

उता, डिफेन्डिङ च्याम्पियन एथ्लेटिको म्याड्रिड भने भ्यालेन्सियासँग ३–१ गोल अन्तरले पराजित भएको छ ।

,

news and entertainment