एमाओवादी र कांग्रेस–एमालेबीच टोपी साटासाट




संवाद समिति मार्फत राज्यको पुर्नसंचरना गर्ने, राज्य शक्तिको बाँडफाड शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीको विषयहरुमा सहमति जुटाउनको लागि कांग्रेस–एमाले नै सहमति कायम गर्न गम्भीर देखिएनन । विस्तृत शान्ति सम्झौता १२ बुँदे सहमति र अन्तरिम संविधानको मर्म र भावना विपरीत अंक गणितलाई देखाएर एकोहोरो प्रक्रियामा गएर ऐतिहास महत्वका परिवर्तनको मुद्दाहरुलाई नजरअन्दाज गर्नुभन्दा पनि वेवास्था गर्ने प्रवृत्ति देखा परेको छ । सहमतिको लागि आफ्नो पार्टी प्रतिबद्ध भएपनि कांग्रेस–एमालेले सहमति निर्माणमा आवश्यकीय तत्र्पता, गम्भीरता र समय दिन कुरामा कुनै महत्व नै दिएनन ।

संविधानलाई नै इन्कार गर्ने खेल
गत संविधानसभाले सहमति कायम गरेको विषयमलाई पनि उल्टयाउने खेल सुरु भएको छ । गत संविधान सभाले सहमति जुटाएको समानुपातिक र समावेशीको सिद्धान्तमा संवाद समितिको उप–समितिमा समेत सहमति भएपनि कांग्रेस एमालेका शीर्ष नेताहरुले समानुपातिक र समावेशीतालाई ठाडै अस्वीकार गर्न थालेका छन् । पहिचान सहितको संघीय संविधान हुनै नसक्ने निष्कर्षमा कांग्रेस एमालेका प्रमुख नेता पुगेका छन् । अन्तरिम संविधानमा उल्लेख भएको र सरकारले गरेको सहमतिलाई नै इन्कार गर्ने प्रवृक्ति समेत देखा परेकाले मोर्चा गठन गरेका हौ । विगतमा गरिएको सहमतिलाई खारेज गर्ने खेल सुरु हुनुले परिस्थित गम्भीर बन्दै गएको छ । सरकारमा भएकाहरुले आन्दोलनको मर्म र भावना विपरीत जान थालेपछि परिवर्तनप्रति प्रतिबद्ध हिजोको सहमति र सम्झौताप्रति प्रतिबद्ध पहिचानमा संङघीय संविधान बन्नु पर्छ भनेर मोर्चा निर्माण गरेर आन्दोलनको घोषणा गरेका हौ । यो आन्दोलन संविधान नबनाउनको लागि होइन संविधान बनाउनको लागि हो ।

एमाओवादी र कांग्रेस–एमालेबीच टोपी साटासाट
गत संविधानसभा निर्वाचनमा एमाओवादीको पक्षमा दुई तिहाई बहुमत पुगेको र हस्ताक्षर समेत भएको थियो । त्यतिखेर कांग्रेस एमालेका नेताहरुले प्रक्रियामा जान डराए । उनीहरुले ऐतिहासिक सहमति र सम्झौताबाट आएकाले सहमति मार्फत अगाडि बढ्नु पर्छ भनेर प्रक्रियामा जानै चाहेनन । अहिले आएर सहमतिको लागि आवश्यकीय प्रयास नै नगरी प्रक्रियामा जाने अभिव्यक्तिले मलाई अनौठो लागेको छ । इन्डियाको संसदको विषयमा मैले एउटता सडक नाटक हेरेको थिए । एउटाले चुनाव जितेपछि हार्नेले त्यो टोपी जित्नेलाई दिनु पर्ने परम्परा रहेको थियो । हो अहिले ठ्याक्कै एमाओवादी र कांग्रेस एमालेबीच उही टोपी साटासाटको अवस्था आएको छ । पहिला हामीले प्रक्रियामा आउ न त भन्दा उनीहरु मानेनन, अहिले प्रक्रियामा जाउ भन्दा हामीले सहमति मार्फत जानु पर्छ भनेका छौ ।

अंक गणितको हिसाब काम छैन
संविधान सभालाई संविधान बनाउने मात्र अधिकार रहेको छ । बहुमतको अंक गणितिय हिसाब पु¥याए पनि शान्ति सम्झौता र हालसम्म भएका सहमतिको विरुद्ध बाहिर जाने अधिकार कसैलाई पनि छैन । ‘जसले सहमति तोडछ उसैले वैद्यता तोडछ, वैद्यता तोडेर जर्वरजस्ती संविधान बनाउन खोज्यो भने आफ्नौ फैसला गर्ने अधिकार आफैलाई हुनेछ ।’ संवाद र सहमतिद्धारा नै अग्रगामी संविधान बनाउनु पर्ने पक्षमा हामीहरु प्रतिबद्ध छौ । हिजो भएको सम्झौता र सहमति अनुसारकै संविधान बनाउनु पर्ने पक्षमा मोर्चामा एकमत छ । वैद्यता उल्लघन गर्ने कसैको पनि हैसियत हुन सक्दैन । कांग्रेस एमालेकै कारण पुनः सडकमा जानु पर्ने र आन्दोलन गर्ने परिस्थिति नआओस भन्ने हामी चाहन्छौ । सहमतिको बाटोबाट अगाडि नबढे कांग्रेस एमालेकै कारण वैद्यता तोडिएको र सबै ढोका खोलिएको स्थिति बन्छ । त्यतिबेला सबैभन्दा बढी वैद्यता सर्वभौम नेपाली जनतालाई मात्र हुन्छ ।
०४७ सालको संविधानको खोस्टो
शासकीय स्वरुप, निर्वाचन प्रणाली जस्ता विषयमा सहमति अनिवार्य छ । अन्य सानातिना विषयमा प्रक्रियामा जान हामी तयार छौ । मुल विषयमा प्रक्रियामा जाने कुरा गरिए मान्य हुँदैन । माघ ८ गतेभित्र नै संविधान बन्नु पर्छ भन्ने पक्षमा हामी छौ । तर संविधानको नाममा २०४७ सालको जस्तै कागजको खोस्टो जस्तो होइन सबै नेपालीले स्वीकार गर्ने खोलको संविधान घोषणा हुनुपर्छ । यस्तो मोडमा प्रचण्डलाई भूमिका दिने कि नदिने भन्ने सबाल जोडिएको छ । कांग्रेस र एमालेका नेताहरुले यो कुरा बुझेनन भने दुर्भाग्य हुन्छ ।

,

news and entertainment