ट्वीटरले अमेरिकामाथि मुद्धा लगायो

 एजेन्सी ।

माइक्रोब्लगिङ साईट ट्वीटरले जथाभावी निगरानी गरेको भन्दै अमेरिकी सरकारविरुद्ध मुद्धा दायर गरेको छ । अमेरिकी सरकारले अभिव्यक्तिको स्वतन्त्रता हनन गरेको भन्दै ट्वीटरले अमेरिकाको कानुन मन्त्रालय र जासुसी संस्था एफबीआई विरुद्ध उत्तरी क्यालिफोर्निया अदालतमा मुद्धा दायर गरेको हो ।
अमेरिकाले आफ्ना प्रयोगकर्ताको बिस्तृत विवरण आफूसंग माग गरेको ट्वीटरको आरोप छ । ट्वीटरले/अहिलेको नियमअनुसार अमेरिकी सरकारले माग गरेअनुरुप राष्ट्रिय सुरक्षासम्बन्धमा प्रयोगकर्ताको डाटा दिन नमिल्ने समेत स्पष्ट पारेको छ ।

,

news and entertainment