ज्याकलिन सुन्दरताका लागि घरेलु विधिको प्रयोग
एजेन्सी । बलिउस अभिनेत्री ज्याकलिन फर्नाण्डिजलाई आकर्षक आकर्षक शारीरिक बनावटका लागि मात्रै नभई ब्युटिफुल स्किनका लागि पनि सम्झिने गरिन्छ ।
हुन त स्किनको सुन्दरता निखार्न बजारमा अनगिन्ती ब्राण्डका सौन्दर्य प्रसाधन नपाईने पनि होइनन् । तर पनि उनी आफ्नो पर्फेक्ट स्किनको रहस्य भने घरेलु उपायलाई दिन्छिन् ।
त्यो पनि सर्वसुलभ दही र महलाई । यिनै दुई चिजका कारण ज्याकलिन आफ्नो स्किनमा चमक आएको दावी गर्छिन् ।
‘लामै समय भयो, मैले सुन्दरताका लागि घरेलु विधिको प्रयोग गर्न थालेको,’ ज्याकलिनले भनिन्, ‘त्यसमा पनि प्राय दही र मह छुट्दैन । ती चिजले स्किनलाई रसिलो र नरम बनाईराख्न मद्दत पुर्याउछन् । ‘फेस र आँखाको लागि म आइस प्याक्स पनि प्रयोग गर्ने गर्छु ।
पूर्व मिस श्रीलंकाले त्यसको प्रोसेसको बारेमा जानकारी दिदै भनिन् । ‘केही आइस क्युबलाई पातलो कपडा वा टिस्यु पेपरमा राखेर त्यसलाई विस्तारै गाला र आँखामा राख्ने गर्छु ।’
द बडी सपको ब्राण्ड एम्बेस्डर समेत रहेकी ज्याकलिनले आफ्नो पर्फेक्ट बडीको चर्चा गर्न पनि भ्याइन् । आको कान्तिपुर दैनिकमा समाचार छ ।

